Saturday, June 4, 2022

शिवनगरमा आगलागी, सवा लाखको क्षति

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,जेठ २१

     सर्लाहीको कौडेना गाउँपालिका वडा न–७, शिवनगर स्थित एक घरमा आगलागी हुँदा एक लाख पच्चीस हजार रुपैया बराबरको क्षति भएको छ।

    गत बिहीबार राती स्थानीय लाल महमदको खरले छाएको कच्ची घरमा आगलाही हुँदा घरसहित घरभित्र रहेको अन्न, भाडाबर्तन, लत्ताकपडा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।

  प्रहरीले उक्त आगलागी  स्थानीयवासीको सहयोगमा  करिब १ घण्टामा नियन्त्रणमा लिएकाले थप क्षति हुन नसकेको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएका छन् । 

No comments:

Post a Comment