Thursday, June 23, 2022

युवाहरूकाे महाभेलाबाट मधेश प्रदेशकाे कायापलट हुने छ: महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंह

 

बखितियार अलि ---               

 सर्लाही असार ९ 

     मधेश प्रदेशमा असार १५ र १६ गते युवाहरूकाे महाभेलाबाट  युवा महोत्सव शुरू हुने भएको छ ।

   मधेश प्रदेशका  महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र प्रसाद सिंहले ‘समुन्नत मधेश प्रदेशका लागि साझा अठोट’ भन्ने नाराका युवाहरूकाे महाभेला सहित महोत्सव आयोजना गरिएको बताउनु भयाे  ।

   स्रोत साधनको पहुँचमा नभएका, मूलधारमा नसमेटिएका युवाका सीप र दक्षतालाई परिचित गराउन तथा सम्भावनाका मार्गमा अभिमुखिकरण प्रदान गर्न सक्ने लगायतका उद्देश्यले महोत्सवको आयोजना गरिन लागिएको उनले थपदै भने ।

   मधेश प्रदेशका ८ वटै जिल्लाका १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र १२७१ वडासहित ५८ गाउँपालिका गरी १३६ स्थानीय तहलाई महोत्सवका बारेमा सूचना सम्प्रेषण गरिने जानकारी मन्त्रालयका उपसचिव ठुलोबाबु दाहालले रिपोर्टस नेपाललाई जानकारी दिनुभयाे ।

   महोत्सवको पहिलो दिन मधेश प्रदेशमा राजनीति, उद्यम, सामाजिक कार्य, पत्रकारिता तथा सरकारी सेवाका विभिन्न क्षेत्रमा अथक रूपमा काम गरेर सकारात्मक परिवर्तन ल्याउन निरन्तर प्रयासरत उदाहरणीय युवाहरूका कथा सुन्ने र संवाद गर्ने कार्यक्रम रहेको छ । त्यससँगै दोश्रो दिन मधेश प्रदेशमा यौन तथा प्रजनन स्वास्थ्य र अधिकारको विषयमा कार्यरत सरकारी तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिसँग अन्तरक्रिया गर्ने र सोको सम्बोधनका लागि साझा प्रतिवद्धता र घोषणापत्र सार्वजनिक गरिने कार्यक्रम रहेको उपसचिव दाहालले बताए । महोत्सवको प्राविधिक सहयोग युवालय नामक संस्थाले गरिने उनले बताए । साथै यसै कार्यक्रमबाट मधेश प्रदेशमा विभिन्न क्षेत्रमा राम्रो काम गरेका केहि युवाहरूलाई सम्मानित गर्ने कार्यक्रम समेत रहेकाे मन्त्री सिंहले बताउनु भएकाे छ ।

No comments:

Post a Comment