Sunday, June 5, 2022

अंग्रेजी माध्यमबाट अध्यन अध्यापन गराउने विषयमा कटहरियाको मेयर जैसवालले गरे शिक्षकसँग छलफल

  



दिपेश कुमार शाह ---

रौतहट २२ गते

    रौतहट जिल्लाको कटहरिया नगरपालिकाका २८ बर्षका युवा नगर प्रमुख अजय प्रकाश जैसवालले जनता मा.वी.कटहरियामा जारी रहेको राष्ट्रिय परीक्षा बोर्ड  अन्तर्गत कक्षा १२ को परिक्षाको अनुगमन गरेको छ।    

    अनुगमनको क्रममा मेयर जैसवालले उक्त विद्यालयमा रहेका कक्षा कोठा,कंप्यूटर कोठा लगायत अन्य सामाग्रीहरुको अवलोकन गर्नुका साथै सो विद्यालयमा अध्यनरत विद्यार्थीहरूको दिवा खाजा मा कुनै किसिमको कमी नहोस्, विद्यार्थीहरुलाई पढाइमा कुनै कमी कमजोरी नहोस् यदी कुनै किसिमको कमी भएको खण्डमा  शिक्षकहरूलाई कारवाही समेत गरिने चेतावनी दिएका छन्।

   उनले विद्यार्थीहरुको लागी कक्षा १ देखि कक्षा१० सम्म अंग्रेजी माध्यमबाट पढाउने विषयमा  शिक्षकहरु सँग छलफल समेत गरेका थिए।  

   मेयर जैसवालले विद्यार्थीहरूको भविष्यसँग खेलवाड गर्ने जोसुकै  शिक्षक शिक्षिकाहरुलाई कार्यवाही गर्न आफु एक मिनेटको पनि ढिलाई नगर्ने समेत बताउनुभयो । 

No comments:

Post a Comment