Thursday, June 16, 2022

प्रेरणा,भि.एस.ओ र एच.आइ ले मलंगवाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मानित गर्दै शैक्षिक योजना बारे छलफल गरे

 

 

लोकतन्त्र समाचारदाता---

सर्लाही,असाढ २

   मलंगवा नगरपालिका नवनिर्वाचित नगर प्रमुख,उपप्रमुख,वडा अध्यक्ष लगायत कार्यपालिका सदस्यहरुलाई   प्रेरणा,VSO र handicap international ले बिहीबार  UKaid को आर्थिक सहयोगमा किशोरी सशक्तीकरणको लागि शिक्षा कार्यक्रम (ENGAGE)अन्तर्गत संचालित नवनिर्वाचित जनप्रतिनिधिहरुसँग परिचयात्मक तथा छलफल कार्यक्रमको आयोजना गरि मधेशको सान गमछा ओढाएर सम्मान गरि सफल कार्यकालको शुभकामना दिएका छन् ।

     नगर प्रमुख नागेन्द्र प्रसाद यादवको अध्यक्षता तथा  प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीको प्रमुख  आतिथ्यतामा आयोजना भएको कार्यक्रम मार्फत हालै निर्वाचित भएर आएका जनप्रतिनिधिहरुलाई ENGAGE कार्यक्रमको बारेमा जानकारी गराइ के-कस्ता कुराहरुलाई समावेश गरेर शैक्षिक योजनाहरु बनाउनेहो भन्ने विषयमा छलफल गरिएको छ।

   मलंगवा स्थित महेन्द्र होटलको सभाहलमा आयोजना भएको उक्त कार्यक्रम मार्फत अब बन्ने शैक्षिक योजनामा लैंगिक समावेशीतालाई प्राथमिकतामा राख्न,बालिकालाई शिक्षाको मूलधारमा ल्याउन नगर स्तरीय बालिका तथा सामाजिक शिक्षा संजाल परिचालन गर्न र यस पालिकामा संचालित सामुदायिक सिकाई केन्द्रहरुलाई दिगोपना दिने लगायतका विषयमा छलफल गरिएको प्रेरणाका परियोजना संयोजक रामचन्द्र चौधरीले जानकारी दिए।

    कार्यक्रममा नगर प्रमुख ,नगर उपप्रमुख,वडा न १ देखि वडा न-१२ सम्मका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु लगायत साझेदार संस्था,प्रेरणा,VSO र एच.आइ का पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

No comments:

Post a Comment