Thursday, June 23, 2022

हरिपुर नगरपालिकाले दसौं नगर सभा बाट ल्याए ५० करोड भन्दा बढीको बजेट, कृषिमा ८० प्रतिसत रकम नगरपालिकाले बेहोर्ने


 

लोकतन्त्र समाचारदाता---

सर्लाही,असार ९ 

    सर्लाहीको हरिपुर नगरपालिकाले आफ्नो दशौं नगर सभाबाट आर्थिक वर्ष २०७९/०८० को लागि  ५० करोड ४७ लाख ६४ हजार ९ सय रुपैयाँ बजेट ल्याएको छ।

     नगरप्रमुख गोपाल पंजियारको अध्यक्षता तथा  संविधान सभा सदस्य रामचन्द्र चौधरीको प्रमुख आतिथ्यतामा बिहीबार आयोजना गरिएको दसौं नगर सभा मार्फत सो बराबरको बजेट ल्याएको हो। 

    नगरपालिकाको आफ्नै सभाहलमा आयोजना गरिएको उक्त नगर सभामा आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको प्रमुख प्रशासकीय अधिकृत राजकुमार दासले जानकारी दिनुभएको छ।  प्रत्येक वडालाई १ करोड १ लाख ४० हजारका दरले बजेट प्रदान गरिएको उहाँले जानकारी गराउनुभएको छ।

   हरिपुर नपाले चालु आ.व को लागि स्वास्थ्यमा २ करोड ६० लाख र शिक्षामा २ करोड ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेको साथै  छोरी बीमा, ज्येष्ठ नागरिकलाई घरमै उपचार सेवा, गरिब तथा अतिविपन्न छात्रछात्रालाई छात्रबासको व्यवस्थासहित कृषिमा  ८० प्रतिसत रकम नगरपालिकाले बेहोर्ने गरी कार्यक्रम ल्याएको प्रमुख प्रशासकीय अधिकृत दासले जानकारी गराउनुभयो।

   यसै अवसरमा नगरपालिकाको तर्फबाट नगरप्रमुख पंजियारले प्रमुख अतिथि एवं  संविधान सभा सदस्य चौधरीलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो।

   



No comments:

Post a Comment