Saturday, June 25, 2022

आ.व २०७९/०८० को लागि गोडैता नगरपालिकाले ल्यायो नीति कार्यक्रम तथा बजेट




मनोज यादव---

सर्लाही,असार ११ 

    सर्लाहीको गोडैता नगरपालिकाे शुक्रवार आफ्नो छैठौं नगर सभा मार्फत  आर्थिक वर्ष २०७९/०८० का लागि बजेट प्रस्तुत गरेको छ । 

   नगरप्रमुख देवेन्द्र यादवले छैठौं नगर सभाको उद्घाटन गर्दै  ६२ करोड २१ लाख ४७ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नु भएको छ।जसमध्ये  पुँजीगत तर्फ २३ करोड ७० लाख र चालुतर्फ  ३८ करोड ५१ लाख ४७ हजार रुपैयाँ विनियोजन गरिएको नगर प्रमुख यादवले जानकारी गराउनु भएको छ।

  उहाँकै अध्यक्षतामा तथा उहाँकै कार्यकक्षमा आयोजना भएको नगर सभाको उद्घाटन शत्रमा विशिष्ठ अतिथि नगर उपप्रमुख अंजना कुशवाहा, प्रमुख प्रशासकीय अधिकृत रमेश प्रसाद यादव, वडा न १ देखि वडा न १२ सम्मका  वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु,विभिन्न वडा सदस्यहरू,विभिन्न शाखाका शाखा प्रमुखहरु,कर्मचारीहरुका साथै सुरक्षा निकायका प्रतिनिधिहरु, राजनितिक दलका प्रतिनिधीहरु विभिन्न संघ संस्थाका पदाधिकारीहरु, संचारकर्मीहरु लगायत समाजसेवी तथा बुद्धिजीवीहरुको उपस्थिति रहेको कार्यक्रमका संचालक एवं स्वास्थ्य शाखा संयोजक प्रमोद पंडितले जानकारी दिएको छ।

   निति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै नगरप्रमुख यादवले "गोडैता नगरको कृषि, स्वास्थ्य,शिक्षा तथा स्वरोजगार गोडैता नगरपालिकाको समृद्धिको आधार"सफल पार्न पहिलो कर्तव्य रहेको बताउनुभयो। उहाँले  कृषिमा आधारित जीवन र अर्थतन्त्र गोडैता नगरको पहिलो सम्भावना रहेकोले कृषिलाई वैज्ञानिक,यान्त्रिक,व्यवसायीक र स्वरोजगार प्राप्त गर्ने क्षेत्रमा देखेको बताउनुभयो ।सेवाग्राहीले सरल र सहज तरिकाले सेवा प्राप्त गर्ने हकलाई सुनिश्चित गर्न सूचना र प्रविधिको उच्चतम प्रयोग गर्न अनिवार्य रहेको उहाँले बताउनुभयो ।साथै उहाँले स्वच्छ,सफा र हरियालीयुक्त पर्यावरण विकास विकास गरि गोडैतालाई सामाजिक न्यायमा आधारित समाज बनाउने आफुहरुको ध्येय रहेको  बताउनुभयो ।






 


  


No comments:

Post a Comment