Monday, June 13, 2022

सिसौटियामा करेन्ट लागेर एक वृद्धाको मृत्यु

 


लोकतन्त्र समाचारदाता---

सर्लाही,जेठ ३०

   सर्लाहीको गोडैतामा आज(सोमबार) साँझ करेन्ट लागेर एक ७५ वर्षीया वृद्धाको मृत्यु भएको छ।मृत्यु हुनेमा गोडैता नपा वडा न-११,सिसौटिया बस्ने  मुर्कुचनदेवी मण्डल रहेकी छिन् ।

    मण्डलको साँझ ६ बजेको समयमा चापाकलमा नुहाइरहेको अवस्थामा उक्त चापाकलमा जडान गरेको पानी तान्ने मोटरमा प्रवाह भएको करेन्ट लागेर मृत्यु भएको हो।

   मृतक वृद्धाको शव पोष्टमार्टमको  लागि सदरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ।


No comments:

Post a Comment