Saturday, June 18, 2022

पिछडा वर्ग(OBC)को मलंगवा नगर कमिटी गठन,प्रत्येक वडामा मुस्लिम वडा कमिटी गठन गरिने

  





लोकतन्त्र समाचारदाता---

सर्लाही,असार ४

    पिछडा वर्ग महासंघ (ओबिसी)ले सर्लाहीको मलंगवामा नगर कमिटी गठन गरेको छ।

   मलंगवा स्थित श्रीमती कृष्णा देवी जनता माविमा शनिवार केन्द्रीय अध्यक्ष भरत प्रसाद महतोको अध्यक्षतामा आयोजित बैठकमा राम सेवक रायको नेतृत्वमा १२ सदस्यीय मलंगवा नगर कमिटी गठन गरिएको छ। 

    उक्त बैठकबाट नगरका सबै वडामा मुस्लिम वडा कमिटी गठन गर्ने निर्णय गरि गठनको जिम्मेवारी मोहम्मद इफ्तेकार अली र मोहम्मद कलामलाई अध्यक्ष नियुक्त गरि दिइएको नगर कमिटीले जनाएको छ।



No comments:

Post a Comment