Friday, May 15, 2020

यस्तो छ सरकारद्वारा प्रस्तुत अगामि आर्थिक वर्षको निति तथा कार्यक्रमको मुख्य शिर्षकहरु । कोरोनामुक्त राष्ट्र देखि देशको नयाँ नक्सा जारी गर्ने सम्मको योजना





काठमाडौ , जेठ २
      सरकारले आज संसदमा आर्थिक वर्ष २०७७÷०७८ को निति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको निति तथा कार्यक्रममा कोरोना महामारी नियन्त्रण तथा रोकथाम सहित कोरोनामक्त राष्ट्र सहित नेपालमा गरिवीको कारण कोही पनि भोकै नपर्ने र कोही पनि भोकले नमर्ने सम्मको महत्वकांक्षी योजना तथा कार्यक्रम समेटिएको छ ।
६३ पृष्ठ लामो निति तथा कार्यक्रमहरु मुख्य मुख्य शिर्षकहरुलाई हामीले यसरी बुदाँगत रुपमा प्रस्तुत गरेको छौं ।
कोरोना माहामारीको नियन्त्रण तथा रोकथाम सरकारको पहिलो प्राथमिकता
गरिवीका कारण कोहि पनि भोकै बस्ने नपर्ने वातावरणको निर्माण गरिने छ
सरुवा रोग अस्पताल स्थापना गरिने
तुइन विस्थापित गर्ने सरकारको प्रतिबद्धता पूरा भयो स् राष्ट्रपति
लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्ने घोषणा
’सरकारको आगामी कार्य्दिशा स् स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थान’
वीरगञ्ज(काठमाडौं र रसुवागढी(काठमाडौं रेलमार्गको निर्माण थाल्ने घोषणा
आगामी आर्थिक वर्षमा दुई अन्तराष्ट्रिय विमानस्थल संचालनमा ल्याइने
वैदेशिक व्यापारमा चीनका ७ बन्दरगाह प्रयोग गरिने
   बाली लागाउनुअघि नै किसानको नाफा सुनिश्चित गरिने
कोसी, कर्णाली र गण्डकी नदीलाई भारतीय जलमार्गसँग जोडिने
पुनर्निर्माणका सबै काम आगामी आर्थिक वर्षमा सकिने
अब अन्तरदेशीय आर्थिक क्षेत्र स्थापना गरिने
सहकारी संस्था गाभ्न प्रोत्साहन गरिने
खेतका आलीमा समेत बिरुवा लगाउन अभिप्रेरित गरिने
स्वदेशी वस्तु उपयोगको लागि अभियान चलाइने
अनौपचारिक क्षेत्रका श्रमिक पनि सामाजिक सुरक्षामा
आन्तरिक राजस्वलाई आम्दानीको मुख्य स्रोत बनाइने
     वैदेशिक रोजगारीबाट फर्केका युवालाई सुरुवाती पुँजी उपलब्ध गराउने घोषणा
स्नातकोत्तर पढेका युवालाई शैक्षिक विकासमा परिचालन गरिने
आगामी ३ वर्ष भित्र सबै नागरिकको स्वास्थ्य बिमा !
नेपालमा बैदेशिक लगानीको वातावरण निर्माण गरिने छ ।
नबाझिने गरि प्रदेश र स्थानीय सरकारसंग समन्वय गरि विकास निर्माण हुने छ
सिचाईको विकास भई खाद्य सुरक्षामा सुधार आएको छ
कृषिमा आधुनिकिकरण, प्रविधिकरण गरि उत्पादनमा क्रान्ति ल्याइने छ ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रमलाई पुर्नसंरचना गरि कृषि क्षेत्रमा सुधार गरिने छ
रोजगारी गुमाएका र विदेशबाट फर्किएकालाई देश निर्माणमा परिचालन गरिने
१० वर्षमा मध्यम आय भएका मुलुकमा स्तरोन्नति, यही कार्यकालमा विकासशील राष्ट्र
भ्मि वैंकको स्थापना गरि सामुहिक खेती र करार खेतीको योजना ल्याएइको छ
सवै प्रदेशमा कम्तिमा एक नमुना कृषि बन कार्यक्रम गरिने छ
उपत्यकाभित्र ४ वटा उपशहर बनाउन थालिने, वृहत शहिद पार्क पनि बन्ने
      कोरोना भाइरसको महामारीका कारण यस पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्दा संसदमा दूरी कायम गरेर सिट व्यवस्थापन गरिएको थियो । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले ०७६ चैत ११ गतेदेखि लकडाउन सुरु गरेयता संघीय संसदमा आज हालसम्मकै ठूलो जमघट भएको छ । तर यो जमघटमा विगत वर्ष जस्तो कूटनीतिक नियोगका प्रतिनिधिहरुलाई बोलाइएको छैन । कोरोना संक्रमणको जोखिम कारण दुरी कायम गरी बस्नु पर्ने बाध्यताका कारण स्थान अभाव भएपछि विदेशी राजदूतलगायतका कूटनीतिज्ञहरुलाई नबोलाइएको हो । यस वर्ष संवैधानिक आयोगबाट पनि अध्यक्षलाई मात्र बोलाइएको छ । आमन्त्रण गरिएका सबैले पीसीआर विधिबाट कोरोना परीक्षण गराएको रिपोर्ट पेस गर्नुपर्ने नियम छ ।

No comments:

Post a Comment