Monday, May 18, 2020

मलंगवाका सबै बैंकहरु बन्द



मलंगवा,जेष्ठ ५ ।
     कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गइरहेको भन्दै   सर्लाहीको सदरमुकाम मलंगवा नगरभित्रका सबै खाले बैंकहरु आगामी  जेठ ११ गतेसम्म बन्द गर्ने निर्णय भएको छ ।
     मेयर निरसल साहको अध्यक्षतामा सोमवार बसेको नगरपालिकाका पदाधिकारी र बैंकका प्रतिनिधिहरु बिच बसेको बैठकबाट यस्तो निर्णय गरिएको नगरपालिकाका सुचना अधिकृत राजकुमार अधिकारीले जनाएको छ ।  मंगलवार ६ गतेदेखि   जेठ ११ गतेसम्म सम्पूर्ण  बैंकिङ  कारोवारहरु पूर्णरुपमा बन्द गर्ने निर्णय गरिएको अधिकारीले  जानकारी दिए ।बिगत केहीदिन देखि  बैंकहरुमा भीडभाड ह्वात्तै बढ्दै गएपछि लकडाउनको कार्यान्वयन गराउन र  नगरवासीलाई कोरोनाको संक्रमणबाट जोगाउन यस्तो निर्णय गर्नुपरेको मेयर साहले बताउनुभयो

No comments:

Post a Comment