Tuesday, May 12, 2020

नेपालमा एकैदिन ५७ जनामा कोरोना पोजिटिभ, १९१ पुग्यो

  मंगलबार थप ५७ जना कोरोना भाइरस पोजिटिभ देखिएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तु, रूपन्देही, पर्सा र बारामा संक्रमित भेटिएका हुन्। जसमध्ये कपिलवस्तुमा ८, रूपन्देहीमा ९, पर्सामा ३९ र बारामा १ जना नयाँ संक्रमित भेटिएका हुन्।
    उनीहरू सबै स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको  छ।सोमबार  मात्रै २४ जनामा कोरोना पोजिटिभ देखिएको थियो । संक्रमित मध्ये अहिलेसम्म ३३ जना निको भएका छन् ।योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमित १९१ पुगेका छन्। तीमध्ये ३३ जना उपचार गरी घर फर्किएका छन्।

No comments:

Post a Comment