Monday, May 11, 2020

भारतमा कोरोना भाइरस, एकैदिन १११ जनाभन्दा बढीको मृत्यु


काठमाडौ ,वैशाख २९
    भारतमा कोरोना भाइरसका कारण हालसम्म २ हजार २१२ जनाको मृत्यु भएको छ । आइतबारमात्रै भारतमा कोरोनाका कारण १११ जनाभन्दा बढीको मृत्यु भएको छ । त्यस्तै आइतबारमात्रै झण्डै ४३०० भन्दा बढी संक्रमित फेला परेका छन् । कोरोना भाइरसका कारण थप भयावहस्थिति सिर्जना भएको छ । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ६७ हजार नाघेको छ ।संक्रमितमध्ये २० हजारभन्दा बढी निको भएर घर फर्किका छन् । गम्भीर कति छन् त्यसबारे भने रिपोर्ट दिइएको छैन ।भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरू थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । भारतको राजस्थान, तामिलनाडू, मध्यप्रदेश र केरला राज्यमा उच्च संख्या कोरोना संक्रमित रहेका जनाइएको छ ।

No comments:

Post a Comment