Thursday, May 28, 2020

मलंगवा नगरपालिकामा पनि सात जनामा कोरोना संक्रमण पुष्टी भयो , सबै भारतबाट आएका थिए ।





सर्लाही, जेष्ठ १५  ।
     

सर्लाहीको सदरमुकाम  मलंगवा नगरपालिकामा आज पहिलो पटक सात जनामा कोरोना भाइरस (कोडिभ–१९) पुष्टि भएको छ ।





   मलंगवा नगरपालिका–२ स्थित खेलकुद विकास समितिको कवर्ड हलको क्वारेन्टाइनमा रहेका सात जना पुरुषमा   कोरोना संक्रमण पुष्टि भएको मलंगवा नगरपालिकाका मेयर निरसल साहले जानकारी दिनुभएको छ ।केहीदिन अगाडि मलंगवाको क्वारेन्टाइनबाट  पहिलो चरणमा ३३ जनाको स्वाब संकलन गरिएका मध्ये ७ जनामा कोरोना संक्रमण पुष्टि भएको मेयर साहले जानकारी दिनुभयो । दोस्रो चरणमा ३९ जनाको स्वाब संकलन गरिएको थियो । दोस्रो चरणको रिपोर्ट आउन बाँकी रहेको उहाँले बताउनुभयो ।पहिलो चरणको रिपोर्ट अनुसार कोरोना पुष्टि भएका मलंगवा वडा न- ३ र ९ का एक-एक जना,  वडा न- ६ खुटौनाका ३ जना र वडा न- ११ गम्हरीयाका  २ ज जना गरी सात जना पुरुषहरु  केहि दिन अगाडि भारतको मुम्बई लगायतको ठाउँबाट फर्केका थिए । भारतबाट आएपछि उनीहरुलाई वडा न-२ स्थित कवर्ड हलको क्वारेन्टाइनमा राखिएको थियो ।

    संक्रमण पुष्टि भएका व्यक्तिहरुलाई  मलंगवा  वडा न- २ स्थित  सन्त अल्पमाई रामनारायण यादव नर्सिङ्ग कलेजको आइसोलेशन वार्डमा लगेर राख्ने तयारी भइरहेको  सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी दिनुभयो । यो सँगै सर्लाहीमा ४० जनामा कोरोना संक्रमणको पुष्टि भइसकेको छ ।


No comments:

Post a Comment