Thursday, May 28, 2020

१४ दिनको क्वारेन्टाइनमा बस्ने सर्तमा भारतबाट नेपाल भित्रिदै सर्लाहीबासी




लोकतन्त्र समाचारदाता------
सर्लाही ,जेष्ठ १५ ।    
     भारतबाट नेपाल फर्कदै गरेका नेपालीहरुलाई नेपाल भारत सिमा अन्तर्गतको मलंगवा-सोनवर्षा नाकाबाट  १४ दिन क्वारेन्टाइनमा बस्ने शर्तमा नेपाल प्रवेश गराउन सुरु भएको छ ।
     बुधबार भारतको विभिन्न स्थानमा रोजगारीको सिलसिलामा गएका सर्लाही जिल्ला घर भएका दर्जनौं नेपालीहरुलाई एकैसाथ भित्राइएको छ । विभिन्न बाधा अडचन र कष्टहरु झेलेर हप्तौं समय लगाएर जसोतसो मलंगवा नाकासम्म आइपुगेका नेपालीहरुलाई थप कष्ट भोग्नु नपरोस् भनेर उनीहरूलाई सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा १४ दिनसम्म बस्नुपर्ने सर्तमा मलंगवा भित्राइएको बताइएको छ । बुधबार भित्रिएका ब्यक्तिहरु लाई सोही दिन जिल्लाको सम्बन्धित स्थानीय तहको जिम्मा लगाएर १४ दिनको लागि क्वारेन्टाइनहरुमा पठाइएको छ।
    मलंगवा-सोनवर्षा बोडरमा दैनिक सयौंको संख्यामा नेपालीहरु आउने क्रम जारी छ ।




1 comment:

  1. तर के सम्बन्धित स्थानिय तहसँग यि सबै अट्न सक्ने क्वारेन्टाइन छ? कहि यस्तो नहोस कि क्वारेन्टाइन भित्र कोरोना नलागेका ब्यक्ति लाई कोरोना लागेका व्यक्तिवाट सरिहालोस!!!!! साबधान!

    ReplyDelete