Friday, May 22, 2020

सर्लाहीमा एकैसाथ १५ जनामा कोरोना संक्रमणको पुष्टि, एकजना महिला , संक्रिमितहरुलाई जनकपुर लाने तयारी

video सहित...


मनोज यादव-----
सर्लाही,जेठ ९ गते। 
     सर्लाहीमा आज(शुक्रवार) एकै साथ १५ जना नयाँ  कोरोना संक्रमणको पुष्टि भएको छ । यो सँगै सर्लाहीमा संक्रमितको संख्या २० पुगेको छ ।
    सर्लाहीको सदरमुकाम मलंगवादेखि पश्चिम-दक्षिण क्षेत्रमा पर्ने  गोडैता नगरपालिका र रामनगर गाउँपालिका १५ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको सर्लाहीका  प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले बताउनुभयो ।चार दिन अगाडि गोडैता नगरपालिका   स्थित बेणीभोला माविको क्वारेन्टाइनमा रहेका गोडैताका ८१ जना र रामनगर गाउँपालिकाका ५ जनाको स्वाब पिसिआर टेष्टका लागि  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौ पठाइएको मध्येबाट गोडैताका १४ जना र रामनगरका १ जना गरि जम्मा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।संक्रमित मध्येबाट गोडैताकी एकजना १८ वर्षिया महिला समेत रहेको  प्रमुख जिल्ला अधिकारी जिसीले जानकारी गराउनु भएको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको  विज्ञप्तिमा गोडैता नगरपालिकाको वडा नं. १३ र १४ मा पनि कोरोना संक्रमित व्यक्ति भएको  उल्लेख गरिको भएपनि उक्त नगरपालिकामा ति वडाहरु  नभएको गोडैता नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत बिकाउ यादवले प्रष्ट पार्नु भएको छ । कार्यकारी प्रमुख यादवका अनुसार संक्रमित हुनेहरुमा गोेडैता नपा वडा न-१ का ४ जना , वडा न-४ का १ जना,वडा न-१ का १ जना(१८ वर्षिया युवती ),वडा न-११ का ३ जना ,वडा न-१२ का १ जना र वडा नम्बर नखुलेको बाट ४ जना र रामनगर गाउँपालिका-७  बहुअर्वाका १जना रहेका छन् ।उनीहरु  सबैजनालाई ३ वटा एम्बुलेन्समा राखेर जनकपुर पठाउने तयारी भइरहेको यादवले जानकारी गराएको छ । 
    संक्रमित व्यक्तिहरु केहीदिन अगाडि भारतको मुम्बई ,दिल्ली ,हरियाणा, पंजाब लगायतका ठाउँबाट आएर कसैको सम्पर्कमा नगइ सिधै  गोडैता स्थित बेणीभोला माविको  क्वारेन्टाइनमा आएर बसेको जनाइएको छ । उनीहरुको सम्पर्कमा आएकाहरुको खोजतलास भइरहेको र सम्पर्कमा  आईसकेपछि उनीहरूको  पनि स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौं पठाईने प्रमुख जिल्ला अधिकारी जिसीले बताए ।

     यस अघि पनि रामनगर गाउँपालिका बहुअर्वा   गाउँकै १८ वर्षिया युवतीमा कोरोना संक्रमण देखिसकेको छ । यो सँगै  धनकौल गाउपालिकामा एकजना १४ वर्षिय बालक, हरिपुर्वा नगरपालिकामा वडा नं ३ धनकौलमा एकजना ४५ वर्षिय व्यस्क, हरिवन –९ नयाँरोड डेरा गरी बस्ने उदयपुरको त्रियुगा नगरपालिका का ३४ वर्षिय र बागमती–९ शंकरपुर सोल्टी बस्ने २७ बर्षिय पुरुषमा कोरोना संक्रमणको पुष्टि भैसकेको छ । 

No comments:

Post a Comment