Saturday, May 16, 2020

सर्लाहीमा भेटिए एकजना थप कोरोना संक्रमित, संक्रमितको संख्या २७३ पुग्यो

काठमाडौं ,जेठ ३ ।

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २७३ पुगेको छ । शनिबार बिहान थप ६ जनामा कोरोना भाइरस संक्रमित पुष्टि भएसँगै नेपालमा संक्रमित संख्या २७३ पुगेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा बर्दिया नार्खु–११ की २८ वर्षीया महिला, सिराहा, सखुवा–१९ निवासी ३० वर्षीय पुरुष, वीरगञ्ज–१२ निवासी २८ र २९ वर्षीय पुरुष रहेका छन् ।

यस्तै सर्लाही रामनगर–४ निवासी १८ वर्षीया महिला र चितवन गढौली–१ की २५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ । यस्तै उपचार पछि ३६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सबैको स्वास्थ्य अवस्था सामान्य छ ।


No comments:

Post a Comment