Saturday, May 16, 2020

विष्णु गाउँपालिकाबाट अवैध हातहतियार सहित दुईजना पक्राउ

लोकतन्त्र समाचारदाता-----
सर्लाही ,जेठ ३ ।
     नेपाल भारत सिमा नजिक पर्ने सर्लाहीको विष्णु गाउँपालिकाबाट  अबैध हातहतियार सहित दुई जना पक्राउ परेका छन ।
     सनिवार दिउँसो प्रदेश नम्बर २ को घुमुवा प्रहरी र बाराउधोरण प्रहरी चौकी मधुवनगोठबाट खटिएको संयुक्त प्रहरी टोलीले विष्णु गाउँपालिका -४ बस्ने २५ वर्षिय मदन साह कानु र भारतीय नागरिक बिहारको मुरहा गाउँ बस्ने अनिष साह मुसलमानलाई २ थान पेस्तोल र ६ राउन्ड गोली सहित पक्राउ गरेको स्थानीय संचारकर्मी अकलैश बैठाले जनाएको छ ।उनीहरु ब्यापारीको भेषमा भारतको असमबाट आएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।
    दुबैजनालाई जिप्रका मलंगवाको हिरासतमा राखेर घटनाका बारेमा  थप अनुसन्धान  भइरहेकाे प्रहरीले जनाएकाे छ ।

No comments:

Post a Comment