Friday, May 15, 2020

आइसोलेसनबाट भाग्ने कोरोना संक्रमितलाई पर्सा प्रशासन द्वारा गोाली हान्ने आदेश


काठमाडौँ जेठ २ ।
      कोरोना संक्रमित व्यक्ति आइसोलेसनबाट भागेमा आवश्यक बल प्रयोग गर्न तथा गोली समेत हान्न जिल्ला प्रशासन कार्यालय पर्साले आदेश दिएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साको बिहीबार बसेको बैठकले कोरोना संक्रमित व्यक्ति भागेमा गोली समेत हान्न सक्ने सुरक्षा निकायलाई अधिकार प्रदान गरेको हो ।

बुधबार नारायणी अस्पतालबाट दुईजना कोरोना संक्रमित फरार भएका थिए । शौचालय गएका उनीहरु शौचालयको भेन्टिलेटर फोरेर भागेका थिए । उनीहरुलाई प्रहरीले बुधबार साँझ नै नियन्त्रणमा लिएको थियो ।

उक्त घटनापछि प्रशासनले संक्रमित व्यक्ति भागेमा आवश्यक बल प्रयोग गरेर अर्थात गोली नै हानेर भए पनि नियन्त्रणमा लिन आदेश दिएको हो । त्यस्तै बिहीबार बसेको प्रशासनको बैठकले अन्य विभिन्न निर्णयहरु पनि गरेको छ । प्रशासनबाट बिहीबारअघि जारी भएका सबै इ-पास समेत खारेज गर्ने निर्णय

No comments:

Post a Comment