Monday, May 18, 2020

भारतको मुम्बईबाट फर्किएका ४० जना नेपाली सर्लाहीको मलंगवा स्थित नेपाल-भारत सिमामा अलपत्र


Video सहित....


मनोज यादव-----
सर्लाही ,जेष्ठ ५ गते ।
     भारतमा कोरोना सङ्क्रमण फैलिएपछि नेपाल सरकारले भारतबाट कुनै पनि व्यक्ति नेपाल प्रवेश गर्न नपाउने निर्देशन दिएर नेपाल भारत सिमानाका बन्द गरेपछि  भारतको महाराष्ट्र राज्यको मुम्बई बाट आएका ४० जना नेपाली  कामदार सर्लाहीको मलंगवा स्थित नाकामा अलपत्र परेका छन् । कोरोना संक्रमण फैलिएर भारत सरकारले लकडाउनको समयावधि बढाउँदै गएको अवस्थामा रोजगारी गुमाएर भोकभोकै बस्नुपर्ने अवस्था आएपछि सानासाना बालबालिका र महिलाहरु सहित अटो रिक्सा भाडा गरेर ६ दिनको समय लगाएर उनीहरू  मुम्बईबाट मलंगवा नाका सम्म आइपुगेका हुन् ।
     सनिवार बिहान मलंगवा स्थित नेपाल भारत सिमामा आइपुगेका उनीहरुलाई भारतीय सिमा सुरक्षा बल एसएसबीले  नेपाल प्रवेश गर्न नदिइ भारतको सोनवर्षा भन्ने ठाउँमा लगेर त्यहाँको सरकारी अस्पतालमा स्वास्थ्य परिक्षण गराइ  आफ्नै देशमा गएर होम क्वारेन्टाइनमा बस्नको लागि पुर्जा थमाएको छ ।अस्पतालले थमाएको पुर्जा लिएर सिमानाकामा जाँदा सिमामा खटिएका एसएसबी (भारतीय सिम सुरक्षा बल)ले नेपाल सरकारले नेपाल प्रवेश गर्न अनुमती सहितको आदेश नदिए सम्म जान नदिने भनि पुनः सोनवर्षा (भारत)कै सरकारी अस्पतालमा फर्काएको सर्लाहीको बसबरिया गाउँपालिका धनगढाका उमेश साहले बताए ।सानासाना बालबालिका र महिलाहरुलाई लिएर मुम्बईबाट भोकभोकै  सैकडौ किलोमिटरको दुरी पार गरेर जसोतसो यहाँ सम्म आइपुगेका हौं , हामीलाई सरकारले आफ्नै देशमा बोलाएर जतिदिन सम्म कोरेन्टाइनमा राख्न चाहन्छ हामी बस्न तयार छौँ राउले गुनासो गर्दै भने ।


   
      कोरोनाबाट जोगिन घर फर्कदा स्वदेश आउन नपाएर अरुकै देशमा भोकले मर्ने अवस्था आएको भन्दै उनीहरु  नेपाल सरकार र मातहतका निकायसँग हारगुहार गरिरहेका छन्। तर, नेपाल सरकारले प्रवेशमा रोक लागएपछि उनीहरुका लागि सोनवर्षाको सरकारी अस्पताल नै आश्रय स्थल बनेको छ ।
       कोरोना भाईरसको संक्रमण भारतमा फैलिएपछि भारतमा काम गरीरहेका हजारौं नेपाली ज्यान जोगाउन नेपाल फर्कने क्रम बढेको छ। सर्लाही नाकाबाट पटक–पटक गरी सयौं  नेपालीहरु सिमामा खटिएका सुरक्षाकर्मी लाई पैसा खुवाएर तथा  लुकिछिपी चोर नाकाको बाटो भएर नेपाल भित्रिसकेका छन् ।हालै केहीदिन अगाडी चोरनाका भएर नेपाल प्रवेश गरेका सर्लाहीका एक १४ वर्षिय किशोरमा कोरोना भाइरस पोजेटिभ पुष्टि भइसकेको छ ।
लकडाउनमा नेपालीलाई पनि भित्रन नदिनु भन्ने नेपाल सरकारको आदेशका कारण स्थानीय प्रशासनले उनीहरुलाई सिमा भित्रन दिएको छैन।नेपाल आइसकेपछि उनीहरुको स्वास्थ्य परिक्षण गरी क्वारेन्टाइनमा राख्ने वा काउन्सिलिङ गरी सुरक्षीत गन्तव्यमा पुर्‍याउने जिम्मेवारीे नेपाल सरकारको हो। तर, यस्तो दायित्व सरकाले पूरा गर्ला भन्ने झिनो आशा लिएर   सैकडौं नेपालीहरु अहिले सिमामा भोक-प्यास र घाम-पानीको प्रवाह नगरी नेपाल सरकारको आदेश कुरेर बसिरहेका छन् ।

No comments:

Post a Comment