Wednesday, May 27, 2020

सर्लाहीमा लकडाउन थप प्रभावकारी बनाउन साताको दुईदिन आइतवार र बुधबार मात्र बजार तथा बैंकहरु खुल्ने ।



सर्लाही ,जेष्ठ १४ गते ।

     सर्लाहीमा कोरोना भाइरस संक्रमितको संख्या एकाएक बढ्न थालेपछि सदरमुकाम मलंगवा सहित जिल्लाका सबै स्थानीय तहमा बन्दाबन्दी(लकडाउन)लाई थप प्रभावकारी  बनाउन विभिन्न ६ बुँदे निर्णयहरु गरिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस(कोभिड १९)को संक्रमण रोकथाम र नियन्त्रणका लागि नेपाल सरकार द्वारा जारी लकडाउनको आदेशलाई जिल्लामा प्रभावकारी ढंगले कार्यान्वयन गर्ने विषयमा सोमबार  जिल्ला समन्वय  समितिका सभापति मेथुर चौधरीको संयोजकत्वमा प्रमुख जिल्ला अधिकारी,प्रहरी प्रमुख ,सशस्त्र प्रहरी प्रमुख,अनुसंधानका प्रमुख तथा  जिल्लाका २० वटै स्थानीय तहका प्रमुखहरु बिच बसेको  बैठकबाट ६ बुँदे निर्णयहरु गरिएको हो ।
    बैठकमा भएका निर्णय अनुसार अर्को निर्णय नभए सम्म   साताको  दुई दिन आइतवार र बुधबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विभिन्न  खाद्यान्न बिक्रीवितरण गर्ने  पसल, बैंक तथा वित्तिय संस्थाहरु खोल्न पाउने छ ।औषधि पसल,ग्याँस डिपो,पेट्रोल पम्प र दुध बिक्रीवितरण गर्ने पसलको हकमा भने उक्त नियम लागू नहुने जि.स.समितिका सभापति चौधरीले जानकारी दिनुभएको छ  ।यस्तै  जिल्लाका कुनै पनि स्थानमा हाट बजार नलगाउने तथा तरकारी बिक्री वितरण सम्बन्धित बिक्रेताले ठेलामा वा अन्य प्रकारले घर–घरमा लगेर बेच्ने निर्णय  भएको छ । 
     जिल्लाका सबै स्थानीय तहमा स्वाब संकलन गरी परीक्षण गर्ने गराउने व्यवस्थाको लागि आवश्यक जनशक्ति तथा भि.टि.एमको उचित व्यवस्थापन सम्बन्धित स्थानीय तहले आफैँ मिलाउने ,स्वाब परीक्षण गर्न सबै स्थानीय तहले कम्तीमा ३ जना स्वास्थ्यकर्मीलाई तालिमको व्यवस्था गरी क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको यथासिघ्र आरडीटी टेस्ट र पीसीआर  गराउने, क्वारेन्टाइनमा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सबै स्थानीय तहहरुले आवश्यक स्वयंसेवक खटाउने व्यवस्था मिलाई सुरक्षा निकायहरुलाई सहयोग गर्ने, सबै स्थानिय तहहरुमा आइसोलेसन वार्डको लागि यथासम्भव स्थान पहिचान गरि आवश्यक तयारी अगाडि बढाउने र सबै स्थानिय तहबाट सञ्चालित क्वारेन्टाइनलाई थप व्यवस्थित बनाउँदै बेडको क्षमता बढाउँदै जाने निर्णय गरिएको सभापति चौधरीले बताए ।
  बजारहरुमा भीडभाड बढेपछि  र संक्रमितको संख्या पनि बढ्दै गएपछि थप सुरक्षा सतर्कता बढाउनका लागि यस्ता निर्णयहरु गरिएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताउनुभयो । 
   

No comments:

Post a Comment