Saturday, May 9, 2020

मलंगवाका सुनचाँदी कालिगढहरुलाई राहत

लोकतन्त्र समाचारदाता----
सर्लाही ,बैशाख २७
      सुनचाँदी व्यवसायी संघ  सर्लाहीले  सुनचाँदी व्यवसायमा आबद्ध कालिगढहरुलाई राहत वितरण गरेको छ।
     नेपाल सुनचाँदी व्यवसायी महासंघ र सुनचाँदी व्यवसायी संघ सर्लाहीको सहकार्यमा मलंगवा , गम्हरिया, गोडैता र कौडेनाका सय जना कालिगढहरुलाई प्रति ब्यक्ति १५ किलो चामल, ५ किलो पिठो , २ किलो आलु , १ किलो प्याज ,१ किलो नुन ,१ लिटर सनफ्लावर तेल , १ पिस नुहाउने साबुन र आधा किलो सर्फ, लगायतका खाद्यान्न सामग्री वितरण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघ प्रदेश न-२ का कार्यसमिति सदस्य तथा सुनचाँदी व्यवसायी संघ मलंगवा सर्लाही का महासचिव कमलेश शाहले बताए।
    कोरोना भाइरसको संक्रमणका कारण सरकारले घोषणा गरेको लकडाउन पालना गर्ने क्रममा रोजगारको सिलसिलामा  टाढा टाढावाट आएका र आआफ्नो घर जान नपाइ समस्यामा परेका  कालिगढहरुलाई मध्यनजर गर्दै राहत वितरण गरिएको संघका महासचिव साहले बताए।
    राहत वितरण गर्ने क्रममा सोसल डिस्टेन्सिङ्ग (सामाजिक दुरी)लाई विशेष ध्यानमा राखिएको साहले बताउनुभयो ।

No comments:

Post a Comment