Monday, May 18, 2020

सुन्दरपुरका मुस्लिम समुदायमा खाद्यान्न वितरण

 

सर्लाही ,जेठ ५।
     स्वास्थ्य सेवा तथा उद्धार  संघ नेपाल काठमाण्डौले सर्लाहीको चक्रघट्टा गाउँपालिकामा खाद्यान्न सामग्री वितरण गरेको छ ।
      रोजा जस्तो ठूलो पर्वमा मुस्लिम समुदायका परिवारको चुल्हो ननिभोस् भन्ने उदेश्यले  साविकको सुन्दरपुर गाविस र हालको चक्रघट्टा गाउँपालिका वडा न-४ का मुस्लिम समुदायका घरपरिवारलाई राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरिएको हो ।वडा अध्यक्ष अब्दुल अहमद कवाडीको उपस्थितिमा समाजसेवी मोहम्मद जाकिर हुसैन र युवा सामाजिक कार्यकर्ता शेख मोहमद वैसले प्रति घरपरिवार  २५ किलो चावल ,१ किलो दाल,१ लिटर खाने तेल , २ पिस साबुन,१ किलो सोयाबिन,१ किलो चिनी , १ किलो चिउरा र १ किलो नुन वितरण गरेको आयोजक संस्थाले लोकतन्त्रलाई जानकारी गराएको छ ।
 

1 comment: