अजिता चौधरी-----
सर्लाही ,जेष्ठ ११
ईद पर्वको अवसरमा सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकाकी उपमेयर शान्ति मिकरानीले घरमै बसेर नवाज अदा (पढ्न )गर्न जिल्ला भरिका मुस्लिम समुदायमा आग्रह गर्नु भएको छ ।मुस्लिम समुदायहरुको महान पर्व ईद-उल फित्राको शुुभकामना दिँदै उहाँले यस्तो आग्रह गर्नु भएको हो ।
सदरमुकाम मलंगवा लगायत देशविदेशमा विभिन्न कामको सिलसिलामा बस्दै आएका नेपाली मुस्लिम समुदायलाई कोरोना भाइरसको विश्वव्यापी महामारीमा लकडाउनको पुर्न रुपमा पालना गर्दै आआफ्नो घरमै बसेर यस्तो महामारीबाट मानव समाजलाई रक्षागर्न ईशवर सँग प्राथना गर्न उपमेयर मिकरानीले सन्देश दिनुभएको छ ।साथै उहाँले लकडाउनको पालना गर्ने र संक्रमितहरुको उपचार तथा सुरक्षार्थ आफ्नो ज्यानको माया नगरि दिनरात खटिरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई समेत धन्यवाद दिनुभएको छ ।
No comments:
Post a Comment