Monday, May 18, 2020

भारतबाट सर्लाही आइपुगेका १ सय भन्दा बढी मानिसहरुलाई सम्बन्धित पालिकाको क्वारेन्टाइनमा पठाइयो । आउने क्रम जारी, जिल्लामा त्रासको माहोल

video सहित

सर्लाही ,जेष्ठ ५ गते ।
      सोमबार बिहान  भारतको विभिन्न  क्षेत्रबाट सर्लाहीको विभिन्न  नाकाको चोरबाटो हुँदै नेपाल प्रवेश गरेका ११६ जना नेपाली मजदुरहरु दशगजामा आइपुगेका छन् ।अनेकौं सास्ती खेप्दै आफ्नो देश र्फकर्दै गरेका नेपाली मजदुरलाई स्थानीय प्रशासनले  दशगजामै रोकेर सम्बन्धित नगरपालिका तथा गाउँपालिकाको क्वारेन्टाइनमा पठाउने काम भइरहेको छ ।
    भारतको विभिन्न प्रान्तमा रोजगारी शिलशिलामा गएका सर्लाहीको ब्रम्हपुरी ,बसबरिया,चक्रघट्टा,पर्सा गाउँपालिका तथा हरिपुर नगरपालिकाका ११६ जना नेपाली मजदुरहरु सोमवार बिहान एकैसाथ मलंगवा स्थित नेपाल - भारत सिमाक्षेत्र दशगजामा आएका थिए ।उनीहरुलाई सशस्त्र प्रहरीको सिमा सुरक्षा टोलीले दशगजामै रोकेर राखेका थिए । ठुलो संख्यामा नेपालीहरु आएर दशगजामा बसिरहेको जानकारी पाए लगत्तै उनीहरुको ट्राभल हिस्ट्रीको बारेमा जानकारी लिएर सम्बन्धित पालिकाको प्रमुखहरुलाई खबर गरि उहाँहरुकै जिम्मा लगाएर सम्बन्धित पालिकामा रहेका क्वारेन्टाइनमा पठाएको प्रमुख जिल्ला अधिकारी मोहननमबहादुर जिसीले बताउनुभयो । 
     सर्लाहीबाट ठुलो  संख्यामा युवा तथा बेरोजगारहरु कामको खोजीमा भारतका विभिन्न प्रान्तहरु जाने गरेका छन् ।उनीहरु वर्षको दुई वा तीन पटक चाडपर्व अथवा घरायसी काम परेको बेला मात्र आउने नेपाल आउने गर्छन । तर कोरोनाको महामारीले गर्दा  भारत सरकारले लकडाउन गरेपछि गरिरहेको काम बन्द भएर उनीहरुको नेपाल फर्कने क्रम बढेको छ । अर्काको भूमीम बसेर भोकभोकै मर्नु भन्दा आफ्नै जन्मभूमि जानू मुनासिब लागेकोले  विभिन्न कष्ट पीडा सहेर जसोतसो नेपालको सिमा सम्म आइपिगेका हौं , अब यहाँको सरकारले हामीलाई जतिदिन सम्म क्वारेन्टाइनमा राख्न चाहन्छ हामी बस्न तयार छौं -मलंगवा नजिकैको दशगजामा भेटिएका नेपालीहरुले भने ।
     भारतबाट आएका नेपालीहरुलाई नेपाल प्रवेशमा रोक लगाइएकोले नाकाको चोरबाटो प्रयोग गरेर  लुकिछिपी प्रवेश गर्ने क्रम रोकिएको छैन ।यस्तो हुनबाट रोक्न उनीहरुलाई नेपाल भित्राएर सम्बन्धित पालिकाको क्वारेन्टाइनमा पठाउनु पर्ने जानकारहरुको सुझाव छ ।एकैपटक १ सय भन्दा बढी मानिसहरु भारतबाट सर्लाही आइपुगेकाले जिल्लामा त्रासको माहौल छाएको छ ।

No comments:

Post a Comment