Saturday, May 16, 2020

(3)मुस्लिमको समुदायको रोजामा हिन्दु महिला समाजसेवी द्वारा ईफ्तारी वितरण लोकतन्त्र समाचारदाता---- सर्लाही ,जेठ ३ । सर्लाहीको गोडैतामा एक महिला नेतृ तथा समाजसेवी महिलाले मुस्लिम समुदायको पर्व रमजानमा रोजा बसेका गरिब मुस्लिम परिवारलाई ईफ्तारी वितरण गरेको छ । नेपाल कम्युनिस्ट पार्टी जिल्ला कार्यसमिति सर्लाहीकी सदस्य अनिता देवीले नेपाल बंग्लादेश मेडिकल वेल्फेयर सोसाईटीको सहकार्यमा मुस्लिम समुदायको बाहुल्यता रहेको गोडैता नगरपालिकाको सबै बस्तीका गरिब परिवारलाई ईफ्तारी वितरण गरेकी हुन् । कोरोनाको महामारी र लगातारको बन्दा-बन्दीलाई मध्य नजर गर्दै गरिब तथा असहाय मुस्लिम परिवारले आफनो धार्मिक रोजा विना कुनै बाधा सम्पन्न गरुन भन्ने उद्देश्यले ईफ्तारीको लागि खाद्यान्न तथा फलफुल वितरण गरिएको सोसाइटीका अध्यक्ष रजनिश अधिकारीले जानकारी दिनु भयो । अनीता देवीले मुसलमानको रमजान रोजामा गरिब मुस्लिम परिवारलाई ईफ्तारी वितरण गरी सामाजिक सदभावको उत्तम उदाहरण दिनु भएको अधिकारीले भने । अनिता देवी गोडैता नगरपालिकाको उपमेयर पदको उमेदवार समेत रहनु भएको बताइएको छ ।

लोकतन्त्र समाचारदाता----
सर्लाही ,जेठ ३ ।
        सर्लाहीको  गोडैतामा एक महिला नेतृ तथा समाजसेवी महिलाले मुस्लिम समुदायको पर्व रमजानमा  रोजा बसेका गरिब मुस्लिम परिवारलाई ईफ्तारी वितरण गरेको छ ।
    नेपाल कम्युनिस्ट पार्टी जिल्ला कार्यसमिति सर्लाहीकी सदस्य अनिता देवीले  नेपाल बंग्लादेश मेडिकल वेल्फेयर सोसाईटीको सहकार्यमा मुस्लिम समुदायको बाहुल्यता रहेको गोडैता नगरपालिकाको सबै बस्तीका गरिब परिवारलाई ईफ्तारी वितरण गरेकी हुन् ।  कोरोनाको महामारी र  लगातारको बन्दा-बन्दीलाई मध्य नजर गर्दै गरिब तथा असहाय मुस्लिम परिवारले आफनो धार्मिक रोजा विना कुनै बाधा सम्पन्न  गरुन भन्ने उद्देश्यले ईफ्तारीको लागि खाद्यान्न  तथा फलफुल वितरण गरिएको सोसाइटीका अध्यक्ष रजनिश अधिकारीले जानकारी दिनु भयो ।
 अनीता देवीले मुसलमानको रमजान रोजामा गरिब मुस्लिम परिवारलाई ईफ्तारी वितरण गरी सामाजिक सदभावको उत्तम उदाहरण दिनु भएको अधिकारीले भने ।
     अनिता देवी गोडैता नगरपालिकाको मेयर पदको उमेदवार समेत रहनु भएको बताइएको छ ।

No comments:

Post a Comment