Wednesday, May 27, 2020

पाक्नै लागेको आँप हावाहुरीले झारेपछि किसानहरुको लाखौंको क्षति




समिरुद्दिन मिकरानी-----
सर्लाही ,जेष्ठ १४
       भीषण हावाहुरी र पानीले पाक्नै लागेको  आँपमा ठूलो क्षति पुगेको छ ।  हावाहुरीले गर्दा पाक्ने अवस्थामा पुगिसकेको ८० प्रतिशत जति आँप रुखबाट झरेपछि किसानहरु चिन्तित भएका छन् ।
    सर्लाहीमा व्यवसायीक आँप खेती गर्दै आएका किसानहरुको आँप नै आम्दानीको श्रोत रहेको छ । आँप कै आम्दानीले घरखर्च देखि छोराछोरीको पढाइ खर्च चल्ने गरेको छ । यस पटक आपँमा मज्जर(फुल) लागेदेखि नै लकडाउनले सुरु हुँदा  औषधि छर्किन नपाएको किसानहरुको गुनासो छ । लकडाउनले गर्दा यसवर्ष आँप खरिद गर्ने व्यापारीहरु समेत गाउँको फुलबारीमा  आउन पाएका  छैनन्,’चक्रघट्टा गाउँपालिका औरहीका स्थानीय  किसान राकेश यादवले गुनासो  पोखे ।
     यतिबेला  किसानको घर-घरमा झरेको आँपको थुप्रो छ ।यसरी झरेको काँचो आँप अचार बनाउने काममा प्रयोग हुने भएकोले किसानहरु झरेका आँप बजारमा लगेर बेच्ने गरेको भएपनि यसपालिको काँचो आँप लकडाउनले गर्दा बजारसम्म लैजान नसकेको औरहीका स्थानीय किसान यादवले बताए । अधिकांश आँपहरु रुखबाट झरिसकेकोले यसपालि किसानलाई नसोचेको भन्दा बढी   क्षति भएको यादवले भने ।

No comments:

Post a Comment