Monday, May 11, 2020

विस्थापित शिक्षक शिक्षिका संघर्ष समिति गठन

सर्लाही ,बैशाख २९
    सर्लाही जिल्लाको  विभिन्न सामुदायिक  विद्यालयको विभिन्न पदमा कार्यरत विस्थापित शिक्षक शिक्षिकाहरुको संघर्ष समिति गठन भएको छ ।विस्थापित शिक्षक शिक्षिकाहरु लाई पुनः  स्थापित गराउनुपर्ने मागको विषयमा   आज(सोमबार )मलंगवामा बसेको बैठकबाट राम पुकार रायको संयोजकत्वमा ९ सदस्यीय संघर्ष समिति गठन भएको हो ।
   २०७५ सालमा विस्थापित गरिएका शिक्षक शिक्षिकाहरुलाई  २०७६ साल पौष २६ र २७ गते बसेको मन्त्री  परिषद्को बैठकबाट  विस्थापित लाई पुनः स्थापित गर्न भनी भएको  निर्णय अनुसार मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट २०७६ साल माघ १२ गते   सर्लाहीको विभिन्न गाउँपालिका र नगरपालिकामा पठाइएको पत्र अनुसार  सो निर्णयको हालसम्म कार्यान्वयन नभएकोले उक्त निर्णयलाई कार्यान्वयन गराउन संघर्ष समिति गठन गरेको समितिका सचिव विष्णु नारायण झाले बताउनुभएको छ । नवगठित संघर्ष समितिको उपाध्यक्ष ,सचिव,कोषाध्यक्षमा क्रमशः राम खेलावन साह, विष्णु नारायण झा, भुप नारायण यादव तथा  सदस्यहरुमा सुजय कुमार झा,अर्जुन चौलागाई ,कपिलदेव यादव,मिना शर्मा र राज कुमारी यादव रहेका छन् ।यस्तै सल्लाहकार समितिको संयोजकमा अजय कान्त मिश्र तथा सदस्यहरुमा नागेन्द्र साह, कौशल किशोर ठाकुर ,प्रमिला चौधरी र विणा यादव रहेकोे संघर्ष  समितले जनाएको छ । 

No comments:

Post a Comment