Sunday, May 31, 2020

छिमेकी संक्रमित भएपछि मलंगवामा एक निजी अस्पतालका सम्पूर्ण कर्मचारी होम क्‍वारेन्टाइनमा बसे


 नगरबासीहरु उतम बिचार र महान सोच राख्नु हुने डा.सोनेलाल रायको कार्य  स्वागत  योग्य रहेको बताउँदै हृदय देखि धन्यवाद दिएका छन् ।



लोकतन्त्र समाचारदाता----
सर्लाही ,जेष्ठ १८ ।    
     छिमेकीलाई कोरोना संक्रमण भएपछि सदरमुकाम मलंगवाको  एक निजी अस्पतालमा कार्यरत सम्पुर्ण कर्मचारीहरु होम क्वारेन्टाइनमा बसेका छन् ।गत जेष्ठ १६ गते शुक्रवार छिमेकमा बसै आएकी मलंगवाकी एक महिला पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको जानकारी पाए लगत्तै  नगरपालिका  वडा न-९ स्थित सरस्वती टोलमा संचालित देव श्री पोलिक्लिन प्रा.ली मा कार्यरत कर्मचारीहरु लगायत सो अस्पताल हाताभित्र बस्दैआएका संचालक परिवार सहित अस्पताललाई क्वारेन्टाइनमा परिणत गरि होम क्वारेन्टिन भएका छन् ।
     देव श्री पोलिक्लिकका संचालक सोनेलाल रायका अनुसार निज (संक्रमित महिला)को क्लिनिकमा सधैं आवतजावत हुने गरेकोले यसको असर कार्यरत कर्मचारी र परिवारका सदस्यहरुमा पनि पर्न गएको हुन सक्ने आशंकामा आफुहरुको  कोरोना जाँच भइ रिजल्ट(रिपोर्ट ) नआउनज्जेल सम्मको लागि गत शुक्रवारबाट हामी क्लिनिकको हाता भित्रै होम क्वारेन्टाइनमा बसेका हौं । होम क्वारेन्टाइन बसेको अवधी सम्म बाहिरी कुनैपनि ब्यक्तिहरु सँग हाम्रो प्रत्यक्ष सम्पर्क नरहेकोले  यसबाट स्वास्थ्य जाँचका लागि आउने सेवाग्राही बिरामीहरुलाई पर्न गएको असुविधालाई मध्येनजर गर्दै  जतिसक्दो चाँडो आफुहरुको कोरोना जाँच गराइदिन भन्दै संचालक रायले सरोकारवाला निकाय सँग आग्रह गर्नुभएको छ ।साथै निज संक्रमित महिला लगायत जिल्लाभरका संक्रमित ब्यक्ति सँग जानीनजानी प्रत्यक्ष सम्बन्धमा आउनु भएका नागरिकहरु पनि सम्बन्धित स्थानीय तहका क्वारेन्टाइन अथवा होम क्वारेन्टाइनमा बसिदिन समेत उहाँले आग्रह गर्नुभएको छ ।



No comments:

Post a Comment