Saturday, May 23, 2020

सर्लाहीको कबिलासी न.पा-१को पिपरिया र गोडैता न.पा मा कोरोना भाइरसको संक्रमित पुष्टी


लोकतन्त्र समाचारदाता----
सर्लाही ,जेष्ठ १० ।
     सर्लाहीमा आज फेरी एकैपटक १३ जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान(सनिवार) जारी गरेको प्रेस विज्ञप्ति अनुसार सर्लाहीको कबिलासी नगरपालिकामा १ जना र गोडैता नगरपालिकामा १२ जना गरि जम्मा १३ जनामा कोरोना भाइरस पोजिटिभ पुष्टि भएको हो ।कबिलासी नगरपालिका वडा न-१ पिपरियाका १ जना तथा गोडैता नगरपालिका वडा न-२मा १ जना,  वडा न-. ३ मा १ जना,वडा न- ६ मा १ जना, वडा न- ८ मा २ जना, वडा न- ११ मा ६ जना र वडा न-१२ मा १ जना गरी जम्मा १२ जना पुरुषमा कोरोना भाइरस पुष्टि भएको छ ।
कबिलासी न.पा वडा न-१ पिपरियाका पुरुष काठमाडौ बस्दै आएको र उनले त्यही परिक्षण गराएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जनाएको छ ।
    हिजो (शुक्रवार)गोडैता नपा र रामनगर गापामा  एकैसाथ १५ जनामा कोरोना संक्रमित देखिएको थियो ।गोडैता नपा अन्तर्गतका सबै वडाहरु अनिश्चितकालका लागि सिल गरिसकिएको  छ ।कबिलासी नपा मा पनि के गर्ने भन्ने विषयमा छलफल भइरहेको जनाइएको छ ।
   यो सँगै सर्लाहीमा संक्रमितको संख्या ३३ जना पुगेको छ ।

No comments:

Post a Comment