Wednesday, May 13, 2020

हरिपुर्वा -३ धनकौलको कोरोना पोजेटिभ मगंलबार हरिपुर्वा स्थित रहेको एन आइ सि बैंक को लामो लाइनमा बसेका थिए पुर्वी धनकौल सिल

मुकेश झा -----
हरिपुर्वा बैशाख ३१
सर्लाही को हरिपुर्वा नगरपालिका ३ धनकौल घर भएको ४५ बर्षिय मानसिक रोगीमा कोरोना पोजेटिभ पाएपछि नगरपालिका नै त्रासित भएको छन । केही दिन अघि महोत्तरी बाट जनकपुर कोरोना जाच को लागि लगिएपछी पिसिआर निगेटिभ देखिएको ले छोडिएपछी केही दिन यता गाउँ र आसपास को गाउँ हरुमा खुलेआम घुमिरहेका र हिजो मङंलवार मात्रै उक्त मानसिक रोगिले हरिपुर्वा नगरपालिका ५ स्थित रहेको एन आइ सि एसिया बैंक को लाइनमा समेत बसेको कारण रोगिको संख्या बढन सकिने स्थानिय रबिन्द्र ठाकुरले बताएको छन ।
लकडाउन भएको १.५ महिना भन्दा बढी बितिसक्दा पनि हरिपुर्वा नगरपालिका मा अधिकांश जनता घर बाहिर नै बिनाकामको घुम्ने गरेको र सतर्कता नपनाइएको कारण कोरोना पोजेटिभ को संख्या झन बढन सकिने छ ।
भारत बाट लुकिछिपी सिमा पार गरेर राती राती नेपाल प्रबेश गर्नेको संख्या बढेपनी स्थानीय सरकार चासो देखाएको छैन ।
कोरोना पोजेटिभ पाइएपछी हरिपुर्वा नगरपालिका ३ लाई प्रहरीले सिल गरेको र सम्पर्कमा आएको व्यक्ति लाइ खोजी गरेर जाच प्रक्रिया तिब्र बनाइने नगर प्रमुख सियाराम रायले बताउनु भयो ।

1 comment:

  1. Haripurwa nagarpalika awaba purai banda hunu paro hai sarkar

    ReplyDelete