Friday, May 15, 2020

फेरि थपिए नौ संक्रमित, संक्रमितहरुको संख्या २६७ पुग्यो

काठमाडौँ जेठ २।
      शुक्रबार बेलुकी ९ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या २६७ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार बेलुकी पर्साका चार, उदयपुरका एक, दाङका तीन र काठमाडौँका एकसहित नौमा संक्रमण पुष्टि भएको हो।

संक्रमण देखिएमध्ये पर्सा वीरगञ्जका दुई बालक र काठमाडौँ सतुंगलका एक बालक पनि छन्।

वीरगञ्जका नौ र दस वर्षीय बालक, वीरगञ्जकै २३ र ४७ वर्षका दुई महिला, दाङका गढवा र तुलसीपुरका तीन पुरुष, उदयपुरका एक २५ वर्षीय पुरुष र काठमाडौँका ७ वर्षीय बालकमा संक्रमण पुष्टि भएको हो।

No comments:

Post a Comment