Saturday, May 30, 2020

जनप्रतिनिधिहरुको लापरबाहीले सर्लाहीका क्वारेन्टाइनहरुको अवस्था दयनीय , घरबाटै खाना मगाएर खानु परेको क्वारेन्टाइनमा बसेकाहरुको गुनासो (भडियो सहित हेर्नुस् ...)


जनप्रतिनिधिहरुको लापरबाहीले सर्लाहीका क्वारेन्टाइनहरुको अवस्था दयनीय , घरबाटै खाना मगाएर खानु परेको क्वारेन्टाइनमा बसेकाहरुको गुनासो (भडियो सहित हेर्नुस् ...)



लोकतन्त्र समाचारदाता-----
सर्लाही ,जेष्ठ १७।
     सर्लाहीमा जनप्रतिनिधिहरुको लापरबाहीले  भारतबाट फर्किएकाहरु अव्यवस्थित क्वारेन्टाइनमा बस्न बाध्य छन्।भारतबाट फर्किएका सयौं ब्यक्तिहरुलाई  सदरमुकाम मलंगवा नगरपालिका सहित जिल्लाको बिसवटै पालिकाहरुमा बनाइएका  अव्यवस्थित क्वारेन्टाइनमा राखिएको छ ।जिल्लाका  अधिकांश पालिकाहरुले आधारभुत तथा सामुदायिक  विद्यालयलाई क्वारेन्टाइन बनाएका छन् ।
       पुर्व पश्चिम राजमार्ग अन्तर्गतका पालिकाहरुको क्वारेन्टाइन बाहेक जिल्लाका अधिकांश पालिकाहरुको क्वारेन्टाइनहरुमा व्यवस्थापनको कमी देखिएको छ ।  खाना, नास्ता  र पानी घरै बाट मगाएर खानुपरेको साथै सेनिटाइजर, माक्स, साबुन , सर्फको व्यवस्था आफैले गर्नुपरेको गुनासो गुनासो गरेका छन् ।  विद्यालयमा बनाइएका क्वारेन्टाइनमा पर्याप्त शौचालय नहुँदा दिसापिसाब गर्नु पर्दा उनीहरूलाई  क्वारेन्टाइनको हाताबाट  बाहिर निस्कनु पर्ने वाध्यता रहेको छ ।जसल गर्दा क्वारेन्टाइन बाहिरका स्वास्थ ब्यक्तिहरुमा पनि कोरोना संक्रमणको जोखिम बढेको छ ।
       भारतमा रेल तथा सडक यातायात सेवा सुचारु भएपछि भारतबाट नेपाल फर्कनेहरुको सर्लाहीका विभिन्न सिमानाकाहरुमा भिड बढेको छ । उनीहरुलाई सिमाबाट  सम्बन्धित पालिकाको जिम्मेवारीमा भित्राएर १४ दिनको लागि  क्वारेन्टाइनमा लगेर राख्न काम सुरु भएको छ । कतिपय सर्लाहीवासी नेपालीहरु लुकिछिपी चोरबाटो भएर पनि भित्रीरहेका छन् ।उनीहरुको पनि पहिचान गरि क्वारेन्टाइनमा लगेर राख्ने काम भइरहेको छ ।यहाँका क्वारेन्टाइनहरुमा चार देखि पाँचजना सम्म राख्न मिल्ने कोठामा २० देखि ३० जना ब्यक्तिहरुलाई कोंचेर राखिएको छ । सर्लाहीको उत्तरी ,दक्षिणी र पश्चिमी क्षेत्रका केही  पालिकाहरुले सम्बन्धित क्वारेन्टाइनमा एकजना पनि स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको व्यवस्था गरेको देखिदैन । उनीहरूलाई सिधै ल्याएर भेडाबाख्रा जस्तै क्वारेन्टाइनमा लगेर हुलिदिएको  छ, मलंगवा -५ खुटौनाका स्थानीय  समाजसेवी लालबाबु यादवले बताए ।
     सदरमुकाम मलंगवा वडा न-२ स्थित कवर्ड हलको क्वारेन्टाइनमा बसेका ब्यक्तिहरूका अनुसार  एउटै हलमा चालीस भन्दा बढी ब्यक्तिलाई राखेको छ, कोठालाई सेनेट्राइज गरिएको  छैन , ओछ्यानहरु फोहर भइसकेको साथै समयसमयमा हुनुपर्ने स्वास्थ्य परिक्षण समेत बन्द भएको छ । पिसिआर टेष्ट भएको छैन । अव्यवस्थित क्वारेन्टाइनमा बस्दा कोरोनाको डरको साथसाथै अरु पनि रोग लाग्ने डरले आफुहरुलाई चिन्ता लागेको उनीहरूले गुनासो गरेका छन् ।
      जनप्रतिनिधिहरुकै लापरबाहीले गर्दा क्वारेन्टाइनहरुको अवस्था दयनीय बनेको जानकारहरुको भनाइ छ ।

No comments:

Post a Comment