Tuesday, May 19, 2020

आर्थिक वर्ष २०७७/७८को नीति तथा कार्यक्रम पारित


आर्थिक वर्ष २०७७/७८को नीति तथा कार्यक्रम पारित
काठमाडौँ,जेष्ठ ६ 
   - सरकारको आर्थिक वर्ष २०७७/७८को नीति तथा कार्यक्रम पारित भएको छ  । गत जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम २ दिनको छलफलपछि पारित भएको हो  ।
नीति तथमा कार्यक्रममा विभिन्न सांसदहरुले संशोधन प्रस्ताव गर्दा गराएका थिए । नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको मंगलबार संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ पनि दिएका थिए । चित्त नबुझेको भन्दै संशोधन प्रस्तावरु फिर्ता भएनन् ।
ध्वनी मतका आधारमा सबै संशोधन प्रस्ताव अस्वीकृत भएसँगै नीति तथा कार्यक्रम निर्णयार्थ संसदमा प्रस्तुत भएको थियो । जुन प्रस्ताव बहुमतले पारित भएको हो । अब यसकै आधार सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछ ।
सरकारले यसवर्ष स्वास्थ्यलाई पहिलो प्राथमकितामा राखेर बजेट ल्याउने छ । नीति तथा कार्यक्रमले घोषणा गरेका योजनाहरुमा बजेटले आर्थिक विनियोजन गर्नेछ ।
कोभिड-१९का कारण अर्थतन्त्रमा परेको असरलाई कम गर्न पनि केही राहतको प्याकेज आउने अपेक्षा गरिएको छ । त्योसँगै शिक्षा, कृषि, रोजगारी र पूर्वाधारका विशेष कार्यक्रमहरु ल्याउने योजना सरकारले घोषणा गरिससकेको छ ।
योहो खवर बाट

No comments:

Post a Comment