Monday, May 11, 2020

दिल्लीमा भोकभोकै सुतेका एक नेपालीको मृत्यु

काठमाडौँ - भारतको दिल्लीमा भोकभोकै सुतेका एक नेपालीको मृत्यु भएको छ ।  तीन दिनदेखि भोकै भएका कैलालीको धनगढी उपमहानगरपालिकाका एकजना युवकको मृत्यु भएको हो ।

दिल्लीको आजादपुरमा ट्रान्सपोर्ट सेन्टरमा सवारी चालको रूपका कार्यरत उनी राति भोकभोकै सुतेका र आज बिहान मृत अवस्थामा फेला परेको बताइएको छ ।

उनको नाम रवी हो भनिए पनि थप खुलेको छैन । युवको मृत्यु भएकोबारे दिल्लीस्थित् नेपाली दूतावासलाई जानकारी गराइसकिएको त्यहाँ रहेका महादेव भट्टले बताए ।

“मजदुरीका लागि भारतमा रहेका धेरै नेपालीहरू भोकभोकै छन्, सहयोग गर्नुस् भनेर भनेर पटकपटक नेपाली दूतावासमा जानकारी गरायौँ तर, कुनै सुनुवाइ भएन”, भट्टले भने ।

No comments:

Post a Comment