Sunday, May 31, 2020

इपस द्वारा सर्लाही अस्पताललाई सुरक्षित गर्भपतन तथा सुरक्षित मातृत्व कार्यक्रम संचालन गर्न कोभिड १९ स्वास्थ्य सामाग्री हस्तान्तरण



लोकतन्त्र समाचारदाता---
सर्लाही ,जेष्ठ १८ ।
    आइपस  नेपाल नामक संस्थाले  आज(आइतवार)सर्लाही अस्पताल मलंगवालाई ३४  हजार रुपैया बराबरको   स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
    सर्लाही जिल्लामा  सुरक्षित गर्भपतन तथा सुरक्षित मातृत्व सम्बन्धि कार्यक्रम संचालन गर्न आइपासले सपोर्ट गर्दै आएको स्वास्थ्य संस्थाहरुलाई  सहयोग गर्ने क्रममा कोरोनाको संक्रमण बढ्दै गइरहेको अवस्थामा पनि उक्त सेवा संचालन गर्न मद्दत पुग्ने उदेश्यले  सर्लाही अस्पताललाई स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको पब्लिक हेल्थ नर्स निरिक्षक लक्ष्मी श्रेष्ठले जनाएकी छिन् ।संस्थाले कम्पिलिट पिपिई सेट -२ थान,वाटर प्रुफ गाउन-५ सेट,eye गगल्स-२ पिस,सर्जिकल डिस्पोजेवक क्याप-४० पिस,KN95 माक्स-4 पिस,फेस सिल्ड-४ पिस,सु कभर -८० जोडी,सर्जिकल ग्लोब्स -५० जोडी,युटिलिटी ग्लोब्स -१० जोडी,सर्जिकल माक्स-१०० पिस,डिस्पोजेबल ग्लोब्स -३४० जोडी,हैण्ड सेनिटइजर(१००ml)-५ बोतल ,FCHV को लागि हैण्ड सेनिटाएजर(१००ml)-३४ बोतल,हैण्ड सेनिटाइजर(५०० ml)-३ बोतल,साबुन -१२ पिस,रेक्सिन-४ पिस,ब्लिच-१२ पिस र Cidex(५ लिटर)१ बोतल लगायतका स्वास्थ्य सामाग्री निरिक्षक श्रेष्ठ मार्फत अस्पताललाई हस्तान्तरण गरिएको हो ।
     संस्थाले यसभन्दा पहिले जिल्लाको चक्रघट्टा गाउँपालिकाको सुन्दरपुरमा, कबिलासी नगरपालिकाको पिपरियामा र हरिपुर नगरपालिकाको लक्षमीपुर कोद्राहामा सुरक्षित गर्भपतन तथा सुरक्षित मातृत्व कार्यक्रम संचालन भइरहेका स्वास्थ्य संस्थाहरुलाई कोभिड १९ स्वास्थ्य सामाग्री हस्तान्तरण गरिसकेको संस्थाले जानकारी दिएको छ ।

No comments:

Post a Comment