Saturday, May 30, 2020

सर्लाहीको तिनवटा गाउँपालिकामा एकैसाथ १७ जना ब्यक्तिहरुमा कोरोना भाइरस संक्रमण पुष्टि

सबैजना संक्रमितहरुलाई मलंगवा स्थित आइसोलेसन वार्डमा लगिदैं

लोकतन्त्र समाचारदाता-----
सर्लाही ,जेष्ठ १७ ।
       नेपाल भारत सिमानाका सँगै रहेको सर्लाहीको तिनवटा गाउँपालिकामा  शनिवार  १७ जनामा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण पुष्टी भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
     भारतसँग सीमा जोडिएका  पर्सा ,कौडेना र विष्णु गाउँपालिकाकाको क्वारेन्टाइनहरुमा रहेका   १२ जना ब्यक्तिहरुमा आज कोरोना भाइरस पोजेटिभ पुष्टि भएको छ । प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीका अनुसार पर्सा गाउँपालिकाका १२ , विष्णु गाउँपालिकाका ४  र कौडेना गाउँपालिकाका एक जनामा कोरोना सङ्क्रमण पुष्टी भएको हो ।उनीहरु सबैजना भर्खरै भारतका विभिन्न शहरहरुबाट आएका थिए ।  पर्सा गाउँपालिकाका १२ जना सङ्क्रमितहरु मध्ये ३ जना महिलाहरु पनि रहेका छन् ।संक्रमित सत्रै जनाको उमेर  १६ देखि ४० वर्ष सम्मका रहेका छन् ।
    सङ्क्रमितहरुलाई आजै(सनिवार ) सदरमुकाम मलंगवा वडा न-२ स्थित सन्त अल्पामाई रामनारायण यादव नर्सिङ कलेजको भवनमा रहेको  जिल्लाकै एकमात्र अस्थाई कोरोना विशेष अस्पताल(आइसोलेसन वार्ड)मा लाने तयारी भइरहेको सम्बन्धित गाउँपालिकाका प्रमुखहरुले जानकारी गराएका छन् ।


No comments:

Post a Comment