Wednesday, May 13, 2020

पर्सा , बारामा जेठ ५ गते सम्म कर्फ्यु , चुरीयामाई नाका बन्द,सबै पास रद्ध


वीरगञ्ज
      पर्सा र बारा जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या बढेपछि स्थानीय प्रशासनले दुवै जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाभरी नै मंगलवार राती ८ बजेदेखि जेठ ५ गते राती १२ बजे सम्मका लागि कफ्र्यु लगाउनुपर्ने निर्णय गरेपछि प्रमुख जिल्ला अधिकारीको आदेशले जिल्ला भरी कफ्र्यु लागु गरिएकोछ ।


पर्सा जिल्लामा निषेधाज्ञा जारी भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जनाए । यसका साथै स्थानीय प्रशासन ऐन २०२८ अनुसार नेपाली सेनालाई परिचालन गर्ने निर्णय भएको उनले बताए । जिल्ला प्रशासन कार्यालय बारालेपनि कफ्र्यु लागु गरेकोछ ।बारा जिल्लाले पर्सा जिल्लाका कसैलाईपनि आउन पूर्ण रुपमा रोक लगाएको छ ।

बाराका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले जनाए अनुसार जिल्लाभरी नै कफ्र्यु लागु गरिएकोछ ।उनले पर्सा जिल्लामा संक्रमित बढेका लागि जोडिएको जिल्ला भएकाले आउजाउमा पूर्ण रुपमा रोक लगाइएको उनले बताए ।

यसैगरि सिरहा जिल्लालेपनि सीमा प्रवेशमा रोक लगाएको छ ।सप्तरी र उदयपुर जिल्लामा कोरोना संक्रमित पुष्टि भएपछि सिरहा जिल्ला प्रशासनले सवारी साधनमा रोक लगाएको छ ।सिरहा जिल्लामा पीसीआर टेस्ट न्युन भएकोछ ।भारतबाट आउने क्रम त्यहाँ नरोकिएको कारण संक्रमितको सख्या हुन सक्ने संभावना छ ।

वाग्मती प्रदेशले प्रदेश २ का मानिसहरुले प्रयोग गर्ने चुरियामाई मार्गलाई बन्द गराएकोछ । संघीय सरकारले बुधवारदेखि लागु हुनेगरि पूर्वपश्चिम राजमार्गको वाग्मतीमा प्रवेश गर्ने चुरियामाई क्षेत्रबाट सवारी साधनलाई पूर्ण रुपमा रोक लगाइएको छ ।

गृहमन्त्रालयले सबै प्रकारको पासलाई रद्द गरेकोछ ।अत्यावश्यक सेवा बाहेकका सवारी साधनहरु सञ्चालनमा आउने छैन् ।त्यसैगरि जनजीवन समान्य नभए सम्म सरकारका सबै कार्यालयहरु बन्द नै रहनेछ ।सरकारले एक जिल्लाबाट अर्को जिल्लामा प्रवेशलाई समेत रोकेको छ ।

वैशाखको दोस्रो हप्तामा देशका विभिन्न भागबाट मानिसहरुलाई ओहरदोहर गर्न दिएपछि जाँच बिनाका थुप्रै मानिसहरु गन्तव्य पुगेका छन् ।

No comments:

Post a Comment