Thursday, May 28, 2020
भारत लाँदै गरेको साढे ९ लाख बढीको अवैध मदिरा बरामद
लोकतन्त्र समाचारदाता-------
सर्लाही ,जेष्ठ १५
प्रहरीले नेपाल भारत सिमानामा अन्तर्गत सर्लाहीको विभिन्न नाका हुँदै भन्सार छलेर भारत तर्फ चोरी निकासी गरेर लैजाँदै गरेको साढे ९ लाख रुपैया भन्दा बढीको अवैध मदिरा तथा ओसारपसारमा संलग्न सवारीसाधन बरामद गरेको छ ।
लकडाउनको मौका छोपेर विभिन्न मिती र समयमा जिल्लाको विभिन्न नाका भएर भारततर्फ लैजाँदै गरेको अवस्थामा ९ लाख ६३ हजार १ सय ३० रुपैया बराबरको अवैध मदिरा तथा ओसारपसारमा संलग्न मोटरसाइकल बरामद गरि आवश्यक कार्यवाहीक लागि आन्तरिक राजस्व कार्यालय बाराको पथलैया बुझाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुुवँरले जनाएको छ ।
लकडाउनको अवधीमा अत्यावश्यक खाद्यान्न बाहेक अन्य मदिराजन्य पदार्थको बेचबिखन तथा ओसारपसार नगर्न जिप्रका सर्लाहीले अनुरोध गरेको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment