Wednesday, May 13, 2020

सर्लाहीको हरिपुर्वा नगरपालिका स्थित पुर्वी धनकौलका ४५ वर्षिय पुरुषमा कोरोना भाईरस पोजेटिभ पुष्टि / दुइजना पुगे

सर्लाही बैशाख ३१
      सर्लाहीमा अर्का एकजनालाई कोरोना भाईरस (कोभिड–१९) पोजेटिभ देखिएको छ । यो सँगै सर्लाहीमा कोरोना भाईरस संक्रमितको संख्या  दुई पुगेको  छ ।
      मंगलबार जिल्लाको  हरिपूर्वा नगरपालिका वडा न-३, पुर्वी धनकौलका ४५ वर्षीय एकजना पुरुषको पीसीआर पोजेटिभ आएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए । ‘पहिला जनकपुरमा गरिएको परीक्षणमा नेगेटिभ देखिएपछि उनलाई छाडिएको थियो’, प्रजिअ जिसीले भने, ‘तर टेकुमा पठाईएको स्वाब परीक्षण भने पोजेटिभ आएको छ ।’
प्रजिअ जिसी, प्रहरी उपरीक्षक विश्वमणि पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठ लगायतका सुरक्षा प्रमुख तथा  स्वास्थ्कर्मीहरुको टोली पुर्वी धनकौल गाउँ पुगेर उनलाई जनकपुरतर्फ पठाएको छ ।संक्रमित पुरुष  ‘मानसिक रोगी भएकाले निजलाई प्रादेशिक अस्पताल जनकपुर पठाउन निकै  समस्या समस्या परेको ’, प्रजिअ जिसीले भने ।
    संक्रमित पुरुष मानसिक रोगका बिरामी भएकाले उनी विभिन्न ठाउँमा डुल्दै हिड्ने गरेकाले कोरोना भाईरस संक्रमणको जोखिम बढेको प्रजिअ जिसीले बताए  ।  उनी केही दिन पहिले आईसोलेसनबाट भागेको बताईएको छ । भारत लगायत विदेश कतै नगएका उनी जनकपुर लगायत विभिन्न स्थानमा नमाज पढ्ने क्रममा संक्रमित भएको हुन सक्ने सुरक्षा श्रोतको अनुमान छ ।
   यसअघि जिल्लाको पश्चिम क्षेत्रमा पर्ने धनकौल गाउँपालिका वडा न-५ स्थित हरकठवा गाउँका  १४ वर्षीय किशोरमा कोरोना भाईरस पोजेटिभ देखिएको थियो ।


No comments:

Post a Comment