Friday, May 29, 2020

रुकुम पश्चिम घटनाको विरोधमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र





लोकतन्त्र समाचारदाता----
सर्लाही,जेठ १६ ।
    गत जेठ १० गते रुकुम पश्चिमको चौरजहारी स्थित सोतीमा भएको घटनाको विरोधमा संयुक्त  दलित संघर्ष समिति सर्लाहीले   प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ ।
      दलित हत्याकाण्डमा संलग्न दोषी उपर कडा भन्दा कडा कार्यवाहीको माग गर्दै संघर्ष समितिका सहसंयोजक रामनरेश मंडल,नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीका अध्यक्ष राजेश पासवान ,दलित अधिकारकर्मी महेश पासवान ,बिनोद कुमार राम,कामेश्वर पासवान,संघर्ष समिति सदस्य प्रमोद पासवान र अजय कुमार रामले शुक्रवार  संयुक्तरूपमा सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी मार्फत प्रधानमन्त्रीलाई  पठाएको ज्ञापनपत्र मार्फत उक्त घटनाको निन्दा गरेको छ ।
    घटनाको निष्पक्ष छानविन गरी दोषीहरूलाई कानून सम्मत कारबाही गर्न समितिले  माग गरेको छ  ।

No comments:

Post a Comment