Tuesday, May 19, 2020

सर्लाहीको इट्टा भट्टामा काम गर्ने भारतका हजार भन्दा बढी भारतीय मजदुरहरु द्वारा घर फर्कन पाउने भन्दै नेपाल भारतको मलंगवा नाकामा धर्ना /दुवै देशका प्रशासन प्रमुख बिच वार्ता / वार्तामा कुरा मिलेन



सर्लाहीको इट्टा भट्टामा काम गर्ने भारतका हजार भन्दा बढी भारतीय मजदुरहरु द्वारा घर फर्कन पाउने भन्दै नेपाल भारतको मलंगवा नाकामा धर्ना /दुवै देशका प्रशासन प्रमुख बिच वार्ता / वार्तामा कुरा मिलेन


मनोज यादव-----  video सहित
सर्लाही(मलंगवा ),जेष्ठ ६ गते ।
      भारतको उत्तर प्रदेश र बिहारबाट  मजदुरीका लागि नेपाल आएका एक हजार भन्दा बढी भारतीय मजदुरहरु हिजो राति (सोमबार ) देखि मलंगवा स्थित नेपाल-भारत सिमानाकामा आएर बसेका छन् ।सर्लाहीको विभिन्न स्थानमा रहेका ईट्टा उद्योगमा कार्यरत १२ देखि १३ सयको हाराहारीमा भारतीय मजदुरहरु आफ्ना  सानासाना बालबालिका तथा  महिलाहरुलाई लिएर सोमबार राति ८ बजे मलंगवा नाकामा आइपुगेका हुन ।भारत तर्फ प्रवेश गर्न खोजेपछि सिमामा खटिएका भारतीय सिमा सुरक्षा बल एसएसबीले उनीहरुलाई रोकेर पुनः मलंगवा तिरै पठाउन खोजेपछि केही बेर तनावको माहौल उत्पन्न भएको थियो ।
   तनाव बढदै गएपछि आज बिहान (मंगलबार ) नेपाल भारत सिमा नजिकै राखिएको हेल्प डेक्समा सर्लाहीका प्रमुख जिल्ला अधिकारी ,नेपाल प्रहरी प्रमुख र सशस्त्र प्रहरी प्रमुख र भारतीय प्रशासन प्रमुख बिच समस्या समाधानको विषयमा छलफल समेत भएको छ ।तर छलफलमा कुरा नमिलेपछि हालको लागि वार्ता बिचमै रोकिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जानकारी गराएको छ ।
    लकडाउनका कारण ईट्टा भट्टामा काम बन्द भएपछि करिब तीन महिनादेखि काम विहीन भएका मजदुहरु कमाएको पैसा जति सबै सक्किन थालेकोले  सानासाना बालबालिका र महिलाहरुलाई लिएर भोकभोकै बस्नु भन्दा आफ्नै  गाउँठाउँमा गएको ठिक ठानेर सिमानाकामा कडाइ गरिएको बावजुद पनि हामी हिम्मत गरेर यहाँ सम्म आइपुगेका हौ -मजदुरहरुले गुनासो गरे ।भारत सरकारले हामीलाई नबोलाए सम्म दशगजामै धर्ना दिएर बस्ने उनिहरुले अडान लिएका छन् । उनीहरु अहिले दशगजामा धर्ना दिएर बसिरहेका छन् । सर्लाहीका इट्टा उद्योगहरुमा किरिब २७ हजार भारतीय मजदुरहरु काम गर्दै आएका छन् ।
    हिजो(सोमबार)मात्रै भारतको विभिन्न प्रान्तबाट सिमामा  आइपुगेका सर्लाहीबासी ११६ जना नेपालीहरुलाई  स्थानीय प्रशासनले भित्राएर विभिन्न क्वारेन्टाइनहरुमा पठाइसकेको छ ।

No comments:

Post a Comment