Monday, May 11, 2020

नेकपा सर्लाही द्धारा ब्रम्हपुरी गाउँपालिका लाई राहत सहयोग

सन्जु कर्ण
 सर्लाही, बैशाख २९।
      नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ब्रम्हपुरी गाउँपालिका लाई साढे एक्काईस क्युन्टल चामल सहयोग गरेको छ ।
कोरोना भाईरस कोभिड–१९ र लामोसमय देखि को लकडाउन का कारण ज्याला मजदुरी गरि दुई छाक टार्ने श्रमजिबी बिपन्न बर्गहरु को चुलो नै नबल्ने अबस्था लाई मध्यनजर गर्दै नेकपा सर्लाही ले केही समय अघि देखि स्थानिय निकायहरु लाई कतै नगद त जतै खाध्यन्न सहयोग गर्दै आएको हो ।
आज नेकपा सर्लाही ले एक कार्यक्रमका बिच जिल्ला बिपत ब्यबस्थापन समितीका अध्यक्ष एवम प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसि को प्रमुख आतिथ्यता मा राहत खाध्यन्न बापत ब्राम्हपुरी गाउँपालिकाको नेता कार्यकर्ता तथा सुभेच्छुक बाट प्राप्त संकलित २ हजार १ सय ५० केजि चामल हस्तान्तरण गरिएको नेकपा का जिल्ला सचिब कमल बुढाथोकी ले बताउनु भयो ।
देश मा लागेको लामो समय देखि को लकडाउन र कोरोना भाईरस कोभिड १९बाट मुलुक नै संकट को घडी मा गुज्रिएको बेला नेकपा सर्लाही ले लकडाउन शुरु भए कै समय मा सबै स्थानिय तह का नेता कार्यकर्ता सुभेछुक लाई आफ्नो तह तप्का बाट सहयोग पुर्याउन अपिल गरेको थियो ।
यसै अनुरुप आईतबार ब्रम्हपुरी गाउंपालिका मा पनि खाध्यन्न सहयोग हस्तान्तरण गरिएको नेकपा सर्लाही ले जनाएको छ ।
हस्तान्तरण कार्यक्रममा बिपत्त लाई कसैलाई रोकेर रोक्न र छेक्न नसक्ने भएको हुदा यो अहिले को विषम परिस्थिति मा जिल्ला मा त्यस्ता अप्रीय घटना नघटेको भए पनि यस लाई लापार्बाही र हेलचेक्राई को दृष्टिकोण बाट नहेर्न र कोरोना लाई फैलिन नदिन को लागि सबै सचेत र जिल्लाबासी ले सतर्कता अपनाउनु महत्वपुर्ण उपलब्धी हुने प्रमुख जिल्ला अधिकारी जिसि ले भन्नू भयो साथै यस्तो घडी मा सहयोग पुर्याएको प्रती नेकपा जिल्ला कमिटी सर्लाही खुलेर प्रशंसा गर्नु भयो ।

No comments:

Post a Comment