Tuesday, May 12, 2020

नेपालमा थप १३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३४ पुग्यो

काठमाडौँ बैशाख ३० ।
     कपिलवस्तुमा ६ जना, रुपन्देहीमा ६ जना र बर्दियामा १ जना गरी थप १३ जनामा कोरोना पुष्टि भएको छ ।

यी सँगै आज (सोमबार) एकैदिन २४ जनामा कोरोना संक्रमण पुष्टि भएको, स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताएका छन् ।

मन्त्रालयका अनुसार यी सबैको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गरिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ ।

No comments:

Post a Comment