Sunday, May 10, 2020

किराना पसलेमा कोरोना संक्रमण,ग्राहकमा पनि संक्रमण बढेको त्रास

सर्लाही ,बैशाख  २८
     पर्साका ६२ वर्षीय पुरुष किराना पसल सञ्चालक रहेको खुलेको छ । कोरोना पुष्टि भए लगतै उनलाई नारायणी कोभिड अस्पतालको आइसोलेसनमा राखिएको छ ।शनिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार व्यवसायीलाई कोरोना संक्रमित पुष्टि गरेको हो ।

उनी यसअघि भेटिएका संक्रमित परिवारका सदस्यको सम्पर्कमा रहेको बताइएको छ । छपकैयामा एकै परिवारका १८ जनामा कोरोना संक्रमण देखिएको थियो । नयाँ संक्रमितको सोही टोलमा किराना पसल थियो । कन्ट्याक्ट ट्रेसिगंको क्रममा उनको पनि बिहीबार थ्रोट स्वाबको नमुना संकलन गरिएको थियो । शनिबार बिहान उनमा कोरोना पोजेटिभ पुष्टि भएको छ ।



उनी यसअघिको संक्रमित परिवारको ६६ वर्षीय पुरुषको सम्पर्कमा रहेको तथ्य खुलेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले जनाइन् । संक्रमित पुरुष किराना पसलका संचालक भएकाले अन्य धेरैमा कोरोना सरेको हुन सक्ने आशंका गरिएको छ ।संक्रमितको दुईवटा परिवारमागरि २० जना सदस्य छन् ।

बैशाख २१ गते आइतबार वीरगञ्ज–३ छपकैयाका ३६ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको परिवारमा स्वाब टेस्ट हुँदा थप १७ जना संक्रमित पुष्टि भएको थियो ।उनीहरु सबैको उपचार नारायणी क्षेत्रीय अस्पताल बीरगञ्जमा भइरहेकोछ ।

किराना व्यवसायी संक्रमित पुष्टि भएपछि उनको सम्पर्कमा रहेका तर पीसीआर टेस्ट नभएका मानिसहरुको स्वाब संकलनको कार्य सुरु भइसकेको बताइएकोछ ।प्रहरीले संक्रमितको परिवारलाई घरमै बस्न निर्देशन दिएकोछ ।

पर्सा जिल्लाको वडा नम्बर २ र ३ मा संक्रमितहरुको संख्या बढेको छ ।प्रदेश २ मा सर्वाधिक कोरोना संक्रमित बीरगञ्ज महानगरपालिकाको वडा नम्बर ३ मा फेला परेका छन् ।त्यहाँबाट ३ जना भारतीय जमाती संक्रमित भेटेका थिए ।उनीहरुको सम्पर्कबाट कोरोना अन्यमा सरेको बताइन्छ ।

प्रदेश २ को बारा, रौतहट , सर्लाही र पर्सा जिल्लामा कोरोना संक्रमित देखिएका छन् ।उनीहरुको नारायणी अस्पतालमा उपचार भइरहेकोछ ।प्रदेशमा कोरोना संक्रमितको पीसीआर टेस्ट सुस्त गतिमा भइरहेकोछ ।

No comments:

Post a Comment