Wednesday, May 13, 2020

क्वारेन्टाइनको बिस्तार र लक डाउन थप प्रभावकारी बनाउने प्रदेश सरकारको तयारी

जनकपुरधाम, बैशाख ३१
      प्रदेश २ मा कोरोना संक्रमितको संख्या ह्वातै बढेपछि प्रदेश सरकारले लकडाउन लाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवको अध्यक्षतामा आज बसेको उच्चस्तरीय बैठकले लकडाउन लाई थप प्रभावकारी बनाउने, सिमामा थप कडाई गर्ने, सिमापारिको ओहोरदोहोर लाई निरुत्साहित गर्न प्रचार प्रसार लाई तिब्र बनाउने सहितको निर्णयहरु गरेको छ ।

बैठकले सिमा पारी रहेको नेपाली नागरिकलाई स्वदेश ल्याउने सम्बन्धमा आबश्यक कार्यविधी बनाई दिन संघ सरकारलाई आग्रह गर्ने र उनीहरुलाई स्वदेश ल्याउनुपर्ने अबस्थाका लागि प्रत्येक जिल्लामा थप तीन÷तीन सय क्षमताको क्वारेन्टाइन तयारी अबस्थामा राख्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव जितेन्द्र यादवले जनाएका छन् ।


यसका साथै बैठकले कोरोना महामारी नियन्त्रणका लागि संघ सरकारसंग थप बजेट माङ्ग गर्ने निर्णय समेत गरेको छ । बैठकमा प्रमुख सचिब अर्जुन पोखरेल, मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव जितेन्द्र यादव, प्रदेश सरकारका बिभिन्न मन्त्रालयका सचिवहरु, सुरक्षा निकायका प्रमुखहरु, धनुषा र महोत्तरीका प्रमुख जिल्ला अधिकारी सहितको सहभागिता रहेको थियो ।

No comments:

Post a Comment