Sunday, May 31, 2020

सर्लाहीको पकडीमा सशस्त्र प्रहरी र भारतीय नागरिक बिच झडप ,एक राउन्ड हवाई फायर



सर्लाही ,जेष्ठ १८ ।
    आज(आइतवार)बिहान अवैध रुपमा नेपाल प्रवेश गरि सामान भित्राउँदै गरेका भारतीय नागरिकहरुलाई सिमामा खटिएका सशस्त्र प्रहरीले  रोक्ने खोजेपछि दुइपक्ष बिच  झडप भएको छ ।झडपको क्रममा सशस्त्र प्रहरीले एक राउन्ड हवाइ फायर समेत गरेको छ ।
      नेपाल–भारत सीमामा पर्ने सर्लाहीको  विष्णुगाउँपालिका वडा न-२ पकडी स्थित दशगजामा केत्र भारतीय नागरिकहरु जबर्जस्ती  सामान नेपाल तर्फ भित्राउन खोजेपछि  उनीहरुलाई रोक्ने क्रममा झडप सुरु भएको सशस्त्र प्रहरीले जनाएको छ ।
आफूहरुमाथि दुर्ववहार  गरेको भन्दै व्यापारीहरुले भारत तर्फका ३०/३५ जना ब्यक्तिहरुलाई  सीमामा बोलाएर डिउटीमा खटिएका  सशस्त्र प्रहरी माथि  आक्रमण सुरु गरेको बताइएको छ । भारतीयहरु हुल बाँधेर सीमामा आएर  ढुङ्गामुढा गरी यस्ता हतियार हामीसँग पनि छ भन्दै गस्तीमा रहेका ६ जना सशस्त्र प्रहरीको हतियार खोस्ने समेत प्रयास गरेका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर  जीसीले बताउनुभयो ।हतियार खोस्ने प्रयास गरेपछि वाध्य भएर  एक राउण्ड हवाई फायर गरी स्थितिलाई नियन्त्रणमा लिएको प्रजिअ जिसीले बताए  ।
     सिमामा कडाइका बाबजुद दुवैदेशका नागरिकहरु लुकिछिपी सामानहरुको ओसारपसार गर्दै आइरहेको स्थानीयहरुले बताएका छन् ।

No comments:

Post a Comment