Wednesday, May 20, 2020

सेभ द चिल्ड्रेन तथा आरआरपीके द्वारा गोडैता नगरपालिकालाई स्वास्थ्य सामाग्री प्रदान

लोकतन्त्र समाचारदाता-----

सर्लाही ,जेष्ठ ७ ।
      सेभ द चिल्ड्रेन तथा राष्ट्रिय रोजगार प्रबर्द्धन केन्द्र (RRPK)ले सर्लाहीको  गोडैता नगरपालिकालाई  कोरोना भाइरस (कोभिड-१९)को संक्रमण रोक्न सघाउने उद्देश्यले  व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) र अन्य अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ।

    बुधबार  सेभ द चिल्ड्रेन र RRPK का प्रतिनिधिहरु नगरपालिकाको कार्यालयमै पुगेर ५६ सेट पिपिई, ११० जोडी सर्जिकल ग्लोब्स् र ३६ पिस सर्जिकल माक्स नगर प्रमुख देवेन्द्र यादवलाई हस्तान्तरण गरेको गोडैता नगरपालिकाका स्वास्थ्य शाखा  संयोजक प्रमोद पंडितले लोकतन्त्रलाई जानकारी गराएको छ ।

No comments:

Post a Comment