Monday, May 18, 2020

मोटरसाइकलमा प्रेस लेखेर हिंड्ने गैर पत्रकारलाई कारवाही गर्न पत्रकार महासंघ सर्लाहीको माग




समिरुद्दिन मिकरानी-----
सर्लाही,जेठ ५
     लकडाउनको समयमा सर्लाहीको विभिन्न ठाउँमा केही गैर पत्रकारहरुले मोटरसाइकलमा अनाधिकृत रुपमा  प्रेस लेखेर निर्वध रुपमा हिंडडुल गर्ने गरेको र त्यस्ता मोटरसाइकलको प्रयोग गरेर अपराधिक क्रियाकलापहरुमा समेत संलग्न भइरहेको प्रति नेपाल पत्रकार महासंघ सर्लाही शाखाको गम्भीर ध्यानाकर्षण भएको छ । त्यस्ता ब्यक्तिलाई तत्कालै नियन्त्रणमा लिएर कारवाही गर्न महासंघले स्थानीय प्रशासन सँग आग्रह गरेको छ ।
     हालै एक भारतीय र एक नेपाली गरी दुईजनालाई  प्रेस लेखेको मोटरसाइकलमा अवैध हातहतियार बोकेर हिडिरहेको अवस्थामा  सर्लाही प्रहरीले पक्राउ गरेको छ । उनीहरु पक्राउ परेसँगै सर्लाहीमा प्रेसको दुरुपयोग हदैसम्म हुने गरेको रहस्य खुलेको छ  । उनीहरुसँग प्रेस लेखिएको भारतिय नम्बर प्लेटको मोटरसाइकल र अबैध हतियारहरुमा एक थान चाईनिज पेस्तोल र त्यसमा लाग्ने म्याग्जिन १ थान र गोली ५ राउण्ड त्यस्तै एक थान नलकटुवा पेस्तोल र त्यसमा लाग्ने गोली एक थान बरामद गरेको छ । पक्राउ परेका उनीहरु पेशेवर अपराधी भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी गराएको छ ।
     लकडाउनको समयमा सञ्चार क्षेत्रमा कामै नगर्ने व्यक्तिहरु पनि यसरी प्रेसको दुरुपयोग गर्दै आएकोले त्यस्ता व्यक्ति र उसले प्रयोग गरेको सवारी साधन समेत तुरुन्त नियन्त्रणमा लिएर कानुनबमोजिम आवश्यक कारवाही गर्न  स्थानीय प्रहरी प्रशासनसँग नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष विश्वनाथ ठाकुरले सर्लाही शाखाको तर्फबाट जोडदार माग गरेको छ । यसरी अनधिकृतरुपले प्रेसलाई दुरुपयोग गर्ने गैर पत्रकारलाई कुनै पनि हालतमा छुट नदिइने ठाकुरले बताए ।


No comments:

Post a Comment