Tuesday, May 19, 2020

सर्लाहीको हरिवन र बागमती नगरपालिकाका दुईजना पुरुषमा कोरोना भाइरस पोजेटिभ पुष्टि /यो सँगै सर्लाहीमा संक्रमितको संख्या ५ पुग्यो



मलंगवा,जेष्ठ ६ ।
      सर्लाहीमा आज थप  दुईजनामा काेराेना भाईरस (काेभिड-१९) पाेजेटिभ पुष्टि भएको छ । यो सँगै सर्लाहीमा कोरोना भाइरस संक्रमितको संख्या ५ जना पुगेको छ ।
      स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार संक्रमित हुनेहरुमा सर्लाहीको हरिवन  नगरपालिका वडा न-९ ,नयाँरोडम डेरा गरि बस्ने ३४ वर्षिय पुरुष र बागमती नगरपालिका वडा न-९ ,शंकरपुर सोल्टी बस्ने २७ वर्षिय पुरुष रहेका छन् ।  नयाँरोडमा डेरा गरि बस्ने ३४ वर्षिय पुरुषको स्थायी घर  उदयपुर जिल्लाको गाईघाट रहेको खुलेको छ ।  सानाे सवारी साधन चलाउने ती पुरुष हरिवनको नयाँरोडमा  परिवारसँगै डेरा लिएर बस्दै आएको  सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिनुभएको छ ।
     काेराेना भाईरस संक्रमण पुष्टि भएका  दुवैजना पुरुष केही दिन अगाडि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा आफै गएर स्वाब परीक्षणका लागि दिएको बताइएको छ ।यस भन्दा अघि जिल्लाको  धनकौल गाँउपालिका हरकठवामा एक १४ वर्षिय बालक, हरिपुर्वा नगरपालिका वडा नं ३ पुर्वी धनकौलमा एक ४५ वर्षिय व्यश्क पुरुष  र रामनगर गाउँपालिका बौहर्वामा  एक १८ वर्षिया युवतीमा कोरोना भाइरस संक्रमण देखिएको प्रमुख जिल्ला अधिकारी जिसीले जानकारी दिनुभयो।



No comments:

Post a Comment