Sunday, May 17, 2020

कालापानी ,लिपियाधुरा र लिपुलेक फिर्ता गराउन माग गर्दै नेपाली काँग्रेस सर्लाहीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठायो


मनोज यादव---- 
सर्लाही ,जेष्ठ ४ गते ।
    भारतले आफ्नो नयाँ नक्सामा पारेको कालापानी, लिपियाधुरा र लिपुलेक फिर्ता गराउन माग गर्दै नेपाली काँग्रेस जिल्ला कार्यसमिति सर्लाहीले  जिल्ला प्रशासन कार्यालय सर्लाही  मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ ।
    पार्टीका पुर्व जिल्ला सभापति एवं पुर्व सांसद लक्ष्मण राय, पुर्व सांसद रामचन्द्र चौधरी,मलंगवा नगरपालिकाका नगर प्रमुख निरसल साह, नगर उपप्रमुख शान्ति मिकरानी लगायतका नेताहरुले हस्ताक्षर गरेको ज्ञापनपत्रमा लिपियाधुरा, कालापानी, लिपुलेक जस्ता ऐतिहासिक भूभागलाई फिर्ता गर्न पहलका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गरिएको छ ।प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी मार्फत बुझाइएको ज्ञापनपत्रमा ,  असल छिमेकीको रुपमा रहदै आएको भारतले बडो दु:ख गरेर पुर्खाहरुले रगत र पसिनाले अर्जेको भूमिमाथि अनावश्यक हस्तक्षेप गरेर अपहेलित गरेको उल्लेख गरिएको छ ।  राष्ट्रिय  नियमहरुको उलंघन गरेर भारतले आफ्नो विस्तारवादी नीतिलाई निरन्तरता दिंदै पञ्चशीलको आधारमा रहेको वैदेशिक नीतिको पालना नगरेर नेपालको पश्चिममा रहेको लिपियाधुरा ,कालापानी ,लिपुलेक लगायत अन्य कयौं भुभाग जबरजस्ती कब्जा गरेर नेपालीहरुको सार्वभौमिकता माथि खेलवाड गरेकोले आफ्नो एक इन्च जमिन नछोड्ने र अर्काको पनि नलिने भन्दै भारतले आफ्नो सबै सैन्य गतिविधि लगायत त्यहाँ कब्जा जमाएर बसेका सबैलाई यथाशीघ्र फिर्ता लैजान छिमेकी देशका सरकार प्रमुखहरु सित आमने-सामने वार्ता गर्न र समस्याको समाधान निकाल्न  ज्ञापनपत्र मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ  ।
   

No comments:

Post a Comment